Sajhamanch Archive

राष्ट्रिय सहकारी बैकद्वारा नवोदयलाई सम्मान

Published: in सहकारी by .

कमल । राष्ट्रिय सहकारी बैंकमा उत्कृष्ट कारोवार गरेको भन्दै झापाको कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहेको श्री नवोदय वहुउद्देश्यीय सहकारी संस्था पुरस्कृत भएको छ ।

बैंकको दमक स्थित शाखामा कारोवार गर्ने सहकारी मध्ये उत्कृष्टमा परेकोले एक कार्यक्रमका बीच संस्थालाई पुरस्कृत गरीएको बैकले जनाएको छ ।

वैंकका सन्चालक समिति सदस्य महेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी दमक नगरपालिकाका मेयर रोमनाथ अ‍ोलीले संस्थाका अध्यक्ष शरणकुमार पराजुली लाई सम्मान तथा पुरस्कृत गरेका थिए । वि.सं. २०५५ सालमा स्थापना भएको सहकारीले अहिले जिल्लामा ८ वडा शाखा मार्फत सहकारी र लघुवित्त कार्यक्रम सन्चालन गरीरहेको व्यास्थापक फणिन्द्र बहादु कार्कीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *