भरुवाको अध्यक्षतामा ‘राजविस’ दमक
Published: (Updated: )
by .दमक । राजवंशी समाज विकास समिति दमकको नगरसमिति पुनःगठन भएको छ । समितिको शुक्रबार सम्पन्न पाँचौं नगर अधिवेशनले नगर समिति पुनःगठन गरेको हो ।
पुनःगठित समितिको अध्यक्षमा पुनः भरुवा राजवंशी चयन भएका छन् । उनको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत गठन भएको निर्वाचन समिति संयोजक अर्जुन राजवंशीले जानकारी दिए ।
समितिको उपाध्यक्षमा चन्द्र राजवंशी र धनलाल राजवंशी, सचिवमा जयनारायण राजवंशी, सहसचिवमा इन्दिरा राजवंशी, कोषाध्यक्षमा फागवती राजवंशी चयन भएका छन् ।
सदस्यहरुमा जबुना राजवंशी, गंगा राजवंशी, रतिया राजवंशी, देवनारायण राजवंशी र चन्द्रमाया राजवंशी चयन भएका छन् ।
भरुवा राजवंशीको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथिमा राजवंशी समाज विकास समिति झापाका उपाध्यक्ष अतिनलाल राजवंशी थिए ।
Comments