Sajhamanch Archive

भरुवाको अध्यक्षतामा ‘राजविस’ दमक

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by .

दमक । राजवंशी समाज विकास समिति दमकको नगरसमिति पुनःगठन भएको छ । समितिको शुक्रबार सम्पन्न पाँचौं नगर अधिवेशनले नगर समिति पुनःगठन गरेको हो ।

पुनःगठित समितिको अध्यक्षमा पुनः भरुवा राजवंशी चयन भएका छन् । उनको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत गठन भएको निर्वाचन समिति संयोजक अर्जुन राजवंशीले जानकारी दिए ।

समितिको उपाध्यक्षमा चन्द्र राजवंशी र धनलाल राजवंशी, सचिवमा जयनारायण राजवंशी, सहसचिवमा इन्दिरा राजवंशी, कोषाध्यक्षमा फागवती राजवंशी चयन भएका छन् ।

सदस्यहरुमा जबुना राजवंशी, गंगा राजवंशी, रतिया राजवंशी, देवनारायण राजवंशी र चन्द्रमाया राजवंशी चयन भएका छन् ।

भरुवा राजवंशीको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथिमा राजवंशी समाज विकास समिति झापाका उपाध्यक्ष अतिनलाल राजवंशी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *