Sajhamanch Archive

जिल्ला सभापतिहरुको सम्मेलन सकियो : १९ बुँदे हेटौंडा घोषणा पत्र जारी

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by .

दुई तिहाईको बलमा सरकारले संसदीय प्रणालीलाई धरापमा राखेर कार्यकारी राष्ट्रपति प्रणाली ल्याउन खोजेको कांग्रेसको आरोप छ ।

नेपाली जनताको लामो संघर्षपछि प्राप्त संविधानको मूलभूत संरचना भत्काउने प्रयास भइरहेको भन्दै यसको डटेर सामना गर्ने काँग्रेसको प्रतिवद्धता छ ।

कांग्रेसले जनताको भोटको सट्टा कम्युनिस्ट सरकारले मूल्यवृद्धि उपहार दिएर जनताको ढाड सेक्ने काम गरेको पनि आरोप लगाएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नक्कली भन्दै सरकारमा पुग्दा ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको टिप्पणी गरेको छ ।

अब पार्टीमा रहेका चुनौतीको सामना गर्न सबै जना एकतावद्ध भएर अघि बढ्ने कांग्रेस जिल्ला सभापतिहरुको भेलाले निष्कर्ष निकालेको छ ।

भेला समापन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले चुनावमा टिकट वितरणका क्रममा केही त्रुटी भएको स्वीकार गरे। आगामी निर्वाचनहरुमा त्यस प्रकारको त्रुटीलाई नदोर्होयाउने देउवाको प्रतिबद्धता छ ।

भेलामा जिल्ला सभापतिहरूले सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अलोकप्रिय र लोकतन्त्रको विपक्षमा काम गरेकोले चुनावमा पार्टी हारेको भन्दै आलोचना गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *