Sajhamanch Archive

आज यस्तो इतिहासकै दुर्लभ दिन, लगातार १४ घण्टा सुर्य देख्न पाइने

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

काठमाडौ । आज जुन २१ तारिख, सामान्यतः आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुने दिन हो । बर्षभरीको यो एक दुर्लभ दिन हो ।

नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समय अनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ। आज काठमाडौंमा विहान ५ बजेर ९ मिनेटमा उदाएको घाम बेलुकी ७ बजेर ३ मिनेटमा अस्ताउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भोलि देखि भने दिन छोटो र रात लामो हुनेछ।

आज देखि औपचारिक रुपमा गर्मी सुरु भएको मानिन्छ। सूर्य लाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ। अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २० देखि २२ तारिख भित्र कुनै एक दिन पर्छ।

डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *