Sajhamanch Archive

विप्लवका सर्लाही जिल्ला इन्चार्ज मृत्यु प्रहरणः पक्राउ गरेर हत्या गरेको दाबी

Published: in राष्ट्रिय समाचार, समाज by .

सर्लाही। नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसागको भिडन्तमा बिहीबार मारिएको नभई हतया भएको दाबी आफन्तले गरेका छन् ।

लालबन्दी– १ लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो गस्ती जाँदै गरेको टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा गोली लागेर पौडेल मारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तर पौडेलका बाबु खिलकराज छोरालाई प्रहरीले समातेर गोली हानेको दाबी गरे ।

देशमा लुटतन्त्र हावी भएकाले यसको विरुद्ध आवाज उठाउँदा नेकपाका केही नेताको उक्साहटमा छोरालाई मार्न लगाइएको उनले आरोप लगाए । कान्तिपुर दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *