Sajhamanch Archive

चार घर भाडामा लिएर भारतीयको ‘नेटवर्किङ व्यवसाय’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

भैरहवा  । भारतको गोरखपुरमा सञ्चालित ओरियन्ट्स ग्लोबल मार्केटिङ प्रालिले अवैध ‘नेटवर्किङ व्यवसाय’ गर्न रूपन्देहीका विभिन्न ठाउँमा चारवटा घर भाडामा लिएर सेल्टर बनाएको भेटिएको छ ।

उक्त कम्पनीमा ‘व्यवसाय गर्न’ भन्दै भारत जान लागेका केही युवा युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा चार घरमा सेल्टर बनाइएको खुलासा भएको हो ।

बेलहिया नाका हुँदै भारत जाँदै गरेका आठ जनालाई नियन्त्रणमा लिएर सोधीखोजी गर्दा रूपन्देहीको सियारी गाउँपालिकामा थप चार जना रहेको खुलेपछि उनीहरूलाई फर्काइएको छ । प्रहरीले केहीलाई शुक्रबार अभिभावकको जिम्मा लगाएको छ भने केहीका अभिभावक आइनसकेकाले संरक्षणमै राखेको छ ।

उनीहरूसँगको सोधखोजकै क्रममा ओरियन्ट्स कम्पनीले व्यवसाय विस्तारका लागि रूपन्देहीमा चारवटासम्म घर भाडामा लिएर गतिविधि सञ्चालन गरेको पत्ता लागेको हो ।

‘रूपन्देहीकै सियारी गाउँपालिका–७ हिरागन्जका थप दुई घर भाडामा लिएको भेटिएको छ,’ प्रहरी उपरीक्षक हृदय थापाले भने, ‘यसअघि कम्पनीले सिद्धार्थनगर–७ र देवदह–१० शंखरपुरमा दुई घर भाडामा लिएर सेल्टरका रूपमा प्रयोगमा ल्याएको भेटिएको थियो ।’कान्तिपुर दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *