कांग्रेस अडानले विधेयक अनिर्णीत
Published:
by .काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले शुक्रबार पारित गर्ने तयारी गरेको सूचना प्रविधिसम्बन्धमा बनेको विधेयक प्रतिपक्ष कांग्रेसको विरोधका कारण रोकिएको छ ।
समितिमा रहेका कांग्रेस सांसदले विधेयकका कतिपय प्रावधानमा फरक मत राख्ने अडान लिएपछि समिति बैठक अनिर्णीत हुन पुगेको हो ।
कांग्रेसले विधेयकका प्रावधानले अभिव्यक्ति स्वतन्त्रता हनन हुने भन्दै सच्याउन माग गर्दै आएको छ । सांसद रामबहादुर विष्टले विधेयकमा रहेको जेल र चर्को जरिवानाले त्रासको वातावरण बनेको उल्लेख गरे । ‘हतारमा गर्दा विवादमा परिएका उदाहरण छन् ।
फेरि सूचना–प्रविधि विधेयकमा समाजिक सञ्जाल प्रयोगमा कोहीबाट गल्ती हुनासाथ जरिवानादेखि जेलसम्मका विषय समेटिएका छन्,’ उनले भने, ‘सरोकारवाला र उपभोक्तासँग थप छलफल गरेर सहमति खोजौं भन्ने हो ।
’ सांसदहरू मीनाक्षी झा र रंगमती शाहीले विधेयकका प्रावधानले सामाजिक सञ्जाल चलाउने सर्वसाधारणबाट भूलवश त्रुटि हुँदा पनि जेल बस्नुपर्ने भएकाले थप छलफलको आवश्यकता औंल्याए ।
कान्तिपुर दैनिकबाट
Comments