Sajhamanch Archive

यस्तो छ काइदाः १८ बर्षकी यी फुच्चीको हाछ्युँबाट करोडौ अम्दानी

Published: (Updated: ) in विविधा by .

एजेन्सी । हाछ्युँ गरेकै भरमा पैसा कमिन्छ रु त्यो पनि करोडौँ रुपैया । अनि यति फुच्ची १८ बर्षे उमेरमा नै । हेडलाईन पढ्दा सबैलाई पत्यार नलागेको हुनसक्छ । तर सत्य हो । हामीकहाँ त हाछ्युँ गर्‍यो भने कि रुघा लागेको भनिन्छ, कि साइत बिगारेको, तर वेल्सकी एक १८ वर्षीया फुच्चीका लागि भने हाछ्युँ बरदान सावित भएको छ । उनले यहीबाट राम्रो आम्दानी गरिरहेकी छिन् ।

अबि हेयउड नामकी ती छात्राको लक्ष्य फाइन आर्ट पढ्नु हो । पढाइमा अब्बल भए पनि राम्रो युनिभर्सिटीमा महँगो शुल्क तिर्नुपर्ने भएका कारण उनले अतिरिक्त पैसाको जोहो गर्नुपर्ने भयो । त्यसैले उनले हाछ्युँलाई अतिरिक्त पैसा कमाउने माध्यम बनाइन् ।

सुरुमा उनको दिमाग जाग्यो । धेरै पटक हाछ्युँ गरेको भिडियो युबटुबमा हाल्छु भन्ने । नभन्दै केही मिनेटमा दर्जनौँ पटक हाछ्युँ गरेको भिडियो उनले अपलोड गरिन् । दर्शकको ओइरो लाग्यो । अब उनले अनेक कुरा नाकमा छिराएर हाछ्युँ गर्दै भिडियो युबटुबमा हाल्न थालिन् ।

हाछ्युँ हेर्न करोडौ दर्शक आउँन थाले । जुन भिडियोमा युबटुबले उपलब्ध गराएको बिज्ञापनबाट उनले करोडौ आम्दानी गर्न थालिन् । अबिले हाछ्युँ गरेको भिडियो हेर्न धेरै जना लालायित हुन थालेपछि उनले यसैलाई कारोबार बनाइन् ।

अबिले हाछ्युँ गरेको एउटा भिडियो क्लिप हेर्न न्यूनतम ३ हजारदेखि साढे ४ हजार रुपैयाँ तिर्नुपर्ने समेत बनाइन् । मानिस तिर्न तयारपनि भए । अर्कोतर्फबाटपनि आम्दानी हुन थाल्यो ।

कतिपयले अबिलाई खुट्टा देखाएर वा कुराकानी गर्दै हाछ्युँ गर्ने जस्ता विशेष भिडियो बनाउन माग गर्दा त्यसको शुल्क १५ हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । कुनै पनि दर्शकले पैसा उनको खातामा पठाएपछि उनले सोही अनुसारको हाछ्युँ गरेको भिडियो तयार गरेर पठाउँछिन् ।

अबिले हाछ्युँ गरेको भिडियो युट्युवमा राखेपछि केही दर्शकले उनका सबै भिडियो राख्न अनुरोध गरेका छन् र त्यसका लागि शुल्क तिर्न तयार भएको बताएपछि उनले यो कामलाई आम्दानीको माध्यम बनाएकी हुन् । अहिले उनी ५ मिनेटमा ३७ पटक हाछ्युँ गर्न सक्छिन् ।

नाकमा विभिन्न कुरा हालेर हाछ्युँ गर्ने क्रममा उनको सोचाइ अहिले अन्यत्र पनि मोडिएको छ । दर्शकको माग बढेको देखेर उनले नाकमा प्रयोग गर्न मिल्ने सेक्स टोइज निर्माण गर्ने सोचसमेत बनाएकी छिन् । नाकमा सेक्स टोइज हालेर थप आम्दानी गर्न सकिन्छ कि भन्ने उनको धारणा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *