Sajhamanch Archive

उपमेयर कै नेतृत्वमा नगरपालिका कार्यालय तोडफोड

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by .

काठमाडौ । आफूले भाग नपाएको, मेयरले मनलाग्दी रुपमा काम गरेको भन्दै उपप्रमुखले विरोध गरेपछि महोत्तरीको एक नगरपालिकामा विवादले उग्ररुप लिएको छ । महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा उपमेयरकै नेतृत्वमा तोडफोड समेत भएको छ ।

नगरपालिकाकी उपप्रमुख रेणु झाको नेतृत्वमा आएको एक समूहले शनिबार राति कार्यालयको योजना शाखा तथा प्रशासन शाखामा तोडफोड गरेको हो । कार्यालयमा आएको समूहले २ थान कम्प्युटर, २ थान प्रिन्टर, २ थान स्क्यान मेसिन, २ थान मल्टिप्लक बोर्डमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारीहरु शनिबारको दिन आएर मनलाग्दी रुपमा काम गरेको भन्दै उपप्रमुखले विरोध गरेपछि विवादले उग्ररुप लिएको जनाइएको छ । कामको चापले गर्दा शनिबार पनि काम गर्न बाध्य भएको नगरप्रमुख सुनिलकुमार यादव बताउँछन् ।

कार्यालय तोडफोड गर्ने क्रममा उपप्रमुख पक्षको राजपाका ज्ञानु झा घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *