Sajhamanch Archive

भारतमा महिला पत्रकारलाई गोली प्रहार

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको मयूर विहारको आसपास धर्मशीला क्यान्सर अस्पतालको रेड लाइट छेउमा एक पत्रकार महिलामाथि गएराति १२ः३० बजे गोली प्रहार भएको छ ।

क्राइम रिपोर्टर मिताली चंदोलाको बायाँ हातमा गोली लागेको छ । प्रहरीले उनलाई नजिकैको धर्मशीला अस्पतालमा उपचारका लागि लगेको थियो । उनको हालत अहिले खतरा बाहिर रहेको जनाइएको छ ।

गाडीको अगाडिको सिसामा गोली हानिएको र ड्राइभरको साइडको सिटमा अण्डासमेत फालिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा यो घटना व्यक्तिगत रिसइबीका कारणले भएको अनुमान गरिएको छ ।

यो हमलाको पछाडि पारिवारिक विवाद हो वा लुटपाटको उद्देश्य हो भन्ने बारेमा थप अनुसन्धानपछि मात्रै निष्कर्ष निस्कने प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *