Sajhamanch Archive

दलका नेतालाई थाहै नदिई संसदीय दलको पत्रकार सम्मेलन

Published: (Updated: ) in विविधा by .

काँकरभिट्टा । नेकपा मेचीनगरको संसदीय दलका नेतासहित अधिकाँश सदस्यले केही दिनअघि दलको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनका बारेमा आफुहरु अनविज्ञ रहेको बताएका छन् । उनीहरुले विभिन्न सञ्चारमाध्यममा आए जस्तो पत्रकार सम्मेलन नेकपा मेचीनगरको संसदीय दलले आयोजना नगरेको, तथा त्यहाँ व्यक्त गरिएको धारणा संसदीय दलको नभएको बताएका छन् ।

पत्रकार सम्मेलनमा विकास निर्माणको बाधक नगरपालिकाका प्रमुख विमल आचार्य बताइएको थियो । पत्रकार सम्मेलनमा दलका उपनेता टीकाराम मंग्रान्ती, नगर कार्यपालिका सदस्य निरु परियार तथा नेकपाका जिल्ला तथा नगर स्तरीय नेतृत्वहरुको उपस्थिती थियो । तर, कायक्रमका बारेमा स्वयम् दलका नेता तथा उपप्रमुख मीना पोखरेल उप्रेती अनुपस्थित थिईन् । स्रोतका अनुसार उनलाई सो वारेमा जानकारी नै गराईएको थिएन् । उनको उपस्थिती विना पत्रकार सम्मेलन गरिएको थियो । मंग्रान्ती नगर कार्यपालिका सदस्य तथा मेचीनगर नगरपालिकाको वन तथा वातावरण विपद् समितिका संयोजक समेत हुन् । संसदीय दलको नेतालाई जानकारी नै नगराई कसरी कार्यक्रम भयो सर्वत्र खुल्दुलीको विषय बनेको छ ।

‘संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनका बारेमा संसदीय दलको नेतालाई थाहा छैन्’ दलका नेता तथा नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले भनिन्—‘पत्रकार सम्मेलन गर्दा मलाई मात्र होइन अधिकाँश दलका सदस्यहरुलाई थाहा हुनुपर्छ । तर मलाई नै थाहा छैन, । मलाई मात्र होईन धेरैलाई यसबारेमा जानकारी नै रहेन छ ।’ सञ्चारमाध्यमबाट थाहा पाएको संसदीय दलका नेता एवम् उपप्रमुख उप्रेतीको भनाई छ । उनले संसदीय दलको नेताले दलले आयोजना गरेको पत्रकार सम्मेलन सञ्चारमाध्यमबाट थाहा पाउनु पर्ने भन्दैं आफु अचम्मित भएको बताईन् । समाचार स्रोतका अनुसार मेचीनगर नगरपालिकामा नेकपाको बहुमत छ । कुल ८० जना जनप्रतिनिधिमा ५३ जना नेकपाबाट प्रतिनिधित्व गर्छन् । पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको धारणा संसदीय दलको नभएको बताईएको छ ।

कार्यक्रममा सहभागी भएका भनिएका नगर परिषद सदस्य छोटबहादुर राईले आफु अन्य कामका शिलशिलामा अचानक त्यहा पुगेको बताए । आफुलाई पत्रकार सम्मेलन हुदैछ, भन्ने कुरा जानकारी नभएको उनको भनाई थियो । ‘म विहान भतिजोलाई काठमाण्डौं जानका लागि गाडी चढाउन काँकरभिट्टा आएको थिए’ नगरपालिकामा रहेको न्यायिक समितिका सदस्य समेत रहेका राईल भने—‘विहान ६ बजेको गाडीमा भतिजोलाई चढाएर नेकपा जिल्ला कमिटी सदस्य तथा मेचीनगर इञ्चार्ज देवकुमार राईजीको होटलतिर गए । उहाँ मेरो नाताको मान्छे पनि हो । उहाँले मलाई त्यहा टीकाराम जीले होटलमा बोलाउनु हुदैछ किन हो थाहा भएन, मेरो मोटरसाइकल छैन जाउ जाउ भन्नुभयो र उहाँलाई पुर्याउनमात्र गएको थिए ।’

आफुहरु त्यहा पुग्दा आसन ग्रहणको कार्यक्रम चलिरहेको र दुवैलाई आसन ग्रहण गराउदा तीन छक्क परेको राईले बताए । ‘केहि खवर छैन अकास्मत देवकुमार जीलाई छाड्न गएको अतिथि आसन ग्रहण गरिदिनु पर्यो भन्दा म त छक्क परे ’ उनले थपे —‘देवकुमार जी र म एकछिमा निस्कियौं धेर बेर बसेनौ, पत्रकार सम्मेलन भन्ने थाहा नै थिएन् । संसदीय दलका नेता तथा उपप्रमुख मीना पोखरेल उप्रेती पनि हुनुहुन्न थियो । उहाँलाई खवर पुग्यो कि पुगेन थाहा भएन् ।’ नगर प्रमुख विमल आचार्यको गतिविधी सञ्चारमाध्यममा आए जस्तो नभएको उनको भनाई छ । ‘हरेक विकास निर्माणका काममा उहाँको पूर्ण सहयोग छ’ राईले भने—‘कहि कतैबाट उहाँले विकास निर्माणको काममा बाधक बन्ने काम गर्नुभएको छैन् । हिजो चुनावताका हामी अलग अलग दलमा थियौ । चुनाव जितेर नगरपालिकामा आइसकेपछि र जनप्रतिनिधिको रुपमा जिम्मेवारी सम्हालेपछि हामी सवै सल्लाह गरेरमात्र काम गर्छौ सवैको एउटै उद्देश्य छ नगरको विकास कसरी गर्ने भन्ने ।’ राजनीतिक आस्था र विश्वासका कारण कसैलाई पनि भेदभाव नगरीने उनको भनाई छ ।

एक जिम्मेवार नेताका अनुसार नेकपा जिल्ला कमिटी सदस्य तथा मेचीनगर इञ्चार्ज देवकुमार राई पनि अकास्मत त्यहा पुगेका हुन् । पछि बाठ पार्टीको बैठक छ भनेर तत्कालै उनी बाहिरीएको ती नेताले बताए । जन संसद्ले नेता राईको धारणा बुझ्न पटक पटक सम्पर्क गर्दा हुन सकेन् । नगरको विकासका लागि नगरप्रमुख उपप्रमुखसहित हामी जनप्रतिनिधिहरु अत्यन्तै चिन्तित बन्ने गरेको अधिकाँश जनप्रतिनिधिहरु बताउँछन् । ‘उहाँहरुबीचमा कुनै द्वन्द छैन ’एकजना—‘जनप्रतिनिधिले हरेक कुरामा सल्लाह हुन्छ छलफल हुन्छ त्यसबाट किनारा लागेन भने कार्यपालिका सदस्यहरुबाट पनि परामर्श लिनुहुन्छ । ’ तर, यस्तो कुराले प्रमुख र उपप्रमुखमा फाटो ल्याउने भन्दैं धेरै जनप्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका छन् । नेकपाकातर्फबाट कार्यपालिका सदस्य समेत रहेका पूर्ण मेचे समेत संसदीय दलले आयोजना गरेको भनिएको पत्रकार सम्मेलनबाट अनविज्ञ छन् ।

‘खोई संसदीय दलले पत्रकार सम्मेलन गरेको खवर पत्र पत्रिकाबाट सुन्न पाइन्छ, यहाँ पनि यस्तै भयो । मलाई कसैले भन्दा पनि भनेन् बोलाउदा पनि बोलाएनन् मलाई केही थाहा छैन् ।’ सुन्दैछु संसदीय दलाका नेता एवम् उपप्रमुख मीना पोखरेल उप्रेती समेत यो सम्मेलनका बारेमा वेखवर हुनुभयो रे अनि संसदीय दलको नेताको अनुपस्थितीमा कसरी पत्रकार सम्मेलन हुन्छ कम से कम हामीले थाहा पाउनु पर्छ नि ।’

नेकपाकातर्फबाट विजयी वडानम्बर— १४ का वडाध्यक्ष शंकरप्रसाद पोखरेल आफुलाई कार्यक्रमका बारेमा पुरै जानकारी नभए पनि सामान्यरुपमा निम्ता भएको र काम विशेषले पार्टीका नेतालाई जानकारी गराएर धरान गएको बताउँछन् । तर, आफुलाई संसदीय दलको पत्रकार सम्मेलनका बारेमा हो भनेर निम्ता नभएको उनले बताए । यता वडानम्बर ३ का वडाध्यक्ष हर्क वस्नेतले समेत कार्यक्रमका बारेमा अनविज्ञता प्रकट गरे । नगरकार्यपालिका सदस्य एवम् पूर्वाधार विकास समितिका संयोजक कृष्ण कनालले आफुलाई मौखिकरुपमा सामान्य जानकारी आएको बताए । तर, आफुले उपस्थिती नजनाएको उनको भनाई छ । वडानम्बर १३ का नेकपाकातर्फबाट विजयी वडाध्यक्ष कृष्ण सिग्देलले आफुलाई संसदीय दलको पत्रकार सम्मेलन नभनेर बैठक छ भन्दैं मौखिक जानकारी आएको बताए । तर, विविध कारणले आफु त्यहाँ जान नसकेको उनको भनाई छ । यसवारेमा नगरप्रमुख विमल आचार्यले आफ्नो धारणा सार्वजनिक गरीसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *