सतासी सहकारीका कर्मचारीमाझ काँशीराज दाहाल
Published: (Updated: )
by .बिर्तामोड । सतासी बहुमुखी सहकारी संस्था बिर्तामोडले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिका निम्ति आज तालिम प्रदान गरेको छ ।
संस्थाको समाकक्षमा अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित तालिममा ३६ जना कर्मचारीको सहभागिता थियो ।
अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना तथा अनुगमन आयोगका अध्यक्ष काँशीराज दाहालले कर्मचारीहरुलाई प्रशिक्षित गरेका हुन् ।
सहकारी सुशासन, उत्प्रेरणा र जवाफदेहिता विषयको तालिममा प्रशाासनविद् दाहालले कर्मचारीहरुको सन्तुष्टिको मापन, कार्यस्थल, सरुवा, बढुवा, पुरस्कार, सजाय आदिको समुचित उपयोगमा ध्यान पुर्याउनु पर्ने सुझाव दिएका छन् ।
संस्था सञ्चालनमा सञ्चालक र कर्मचारीहरु सबैको उत्तिकै दायित्व रहने भन्दै दाहालले राम्रो काम गरेमा पुरस्कृत हुन्छु र गलत गरेमा दण्डित हुन्छु भन्ने कर्मचारीमा हेक्का भए संस्था प्रगतिपथमा जाने औंल्याए ।
संस्थाको सञ्चालक समितिका सदस्य एवम् तालिम समितिका संयोजक ध्रुब कनालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सहभागीहरुलाई शब्दले स्वागत गरेका थिए ।
Comments