Sajhamanch Archive

सतासी सहकारीका कर्मचारीमाझ काँशीराज दाहाल

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । सतासी बहुमुखी सहकारी संस्था बिर्तामोडले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिका निम्ति आज तालिम प्रदान गरेको छ ।

संस्थाको समाकक्षमा अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित तालिममा ३६ जना कर्मचारीको सहभागिता थियो ।

अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना तथा अनुगमन आयोगका अध्यक्ष काँशीराज दाहालले कर्मचारीहरुलाई प्रशिक्षित गरेका हुन् ।

सहकारी सुशासन, उत्प्रेरणा र जवाफदेहिता विषयको तालिममा प्रशाासनविद् दाहालले कर्मचारीहरुको सन्तुष्टिको मापन, कार्यस्थल, सरुवा, बढुवा, पुरस्कार, सजाय आदिको समुचित उपयोगमा ध्यान पुर्याउनु पर्ने सुझाव दिएका छन् ।

संस्था सञ्चालनमा सञ्चालक र कर्मचारीहरु सबैको उत्तिकै दायित्व रहने भन्दै दाहालले राम्रो काम गरेमा पुरस्कृत हुन्छु र गलत गरेमा दण्डित हुन्छु भन्ने कर्मचारीमा हेक्का भए संस्था प्रगतिपथमा जाने औंल्याए ।

संस्थाको सञ्चालक समितिका सदस्य एवम् तालिम समितिका संयोजक ध्रुब कनालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सहभागीहरुलाई शब्दले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *