Sajhamanch Archive

राजस्थानमा आँधीले त्रिपाल उडाउँदा १४ जनाको गयो ज्यान

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौ । भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

धार्मिक कार्यक्रम चलिरहेका बेला आँधिले त्रिपाल उडाउँदा र त्रिपाल गाड्न प्रयोग भएका खम्बाले लाग्दा उनीहरुको ज्यान गएको भारतीय अधिकारीले बताएका छन् ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपुर्ति दिने घोषणाा गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *