Sajhamanch Archive

अफगानिस्तान र बंगलादेशबीचमा कसले मार्ला बाजी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । विश्वकप क्रिकेटमा आज अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ ।

इंग्ल्यान्डको साउथहृयाम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ ।

बंगलादेश तेस्रो जितको खोजीमा हुँदा अफगानिस्तान भने पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ । विश्वकपबाट यसअघि नै बाहिरिसकेको अफगानिस्तानको लागि जित हात पार्ने यो राम्रो अवसर हो ।

अफगानिस्तानले भारतविरुद्धको खेलमा भने सनसनीपूर्ण प्रदर्शन गरेको थियो । कुनै एक समयमा भारतलाई पराजित गर्न लागेको अफगानिस्तान अन्तिम ओभरमा आएर पराजित भएको थियो ।

यता, बंगलादेश भने उच्च लयमा देखिएको छ । ठूला राष्ट्रलाई पराजित गर्दै राम्रो छाप छोडेको बंगलादेश आजको खेलमा अफगानिस्तानलाई पनि पराजित गर्दै सेमिफाइनल पुग्ने आफ्नो यात्रालाई निरन्तर दिन चाहन्छ ।

बंगलादेशले ६ खेलबाट दुई खेलमा जित तीन खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँड्दै ५ अंक बनाएको छ । यता, अफगानिस्तान भने अंकविहीन छ । उसले खेलेका ६ खेलमध्ये सबैमा हार ब्यहोरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *