गर्भअवस्थामा रक्सी र चुरोट सेवन गर्दा स्वास्थ्यको लागी खतरा
Published:
by .पुरुषसँगसँगै बसेर धेरै महिलाहरू पनि मध्यपान र धुम्रपानको लतमा फसेको देख्न सकिन्छ ।
धुम्रपान मध्यपान र लागुऔषधले समाजमा नकारात्मक असर गरिरहेको छ । असरका बारेमा थाहा भएर पनि फेसनको नाममा यसको सेवन गरेको पाइन्छ । फेसनको नाममा सुरु मादक पदार्थ सेवन (मापसे) बानी हुन थालेको पत्तो हुदैन् । बिस्तारै बसेको बानीलाई तुरुन्त छुटाउन धेरै मेहनत गर्नु पर्छ ।
पुरुषको तुलनामा महिलाहरुले चुरोट, रक्सीको कम सेवन गरेको पाइन्छ । तर पुरुषमा भन्दा पनि महिलाहरुलाई चुरोटको धुवाले मात्र पनि धेरै असर गरिरहेको हुन्छ । जसले क्यान्सर जस्ता दिर्घकालिन स्वास्थ्य समस्याहरु निम्त्याउनु सक्छ । आम स्वस्थ्य मानिसमा भन्दा धेरै असर गर्भवती महिलाहरुमा हुन्छ ।
गर्भअवस्थामा महिलाले आफु र आफ्नो गर्भमा भएको बच्चाको राम्रो विचार गर्नु पर्छ । यस्तो समयमा पोषण युक्त खाना खाएर प्रसस्त मात्रामा आराम गर्न जरुरी हुन्छ ।
समय समयमा डाक्टर कहाँ गएर जाँच गराउनुका साथै आफ्नु र बच्चाको स्वास्थ्यको लागि सल्लाह अनुसार आफ्नो दिनचर्या, खानपान र ब्यायाममा निकै ध्यान दिनु पर्छ ।
यस्तो समयमा रक्सी, जाँड, चुरोट, सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन् । कोही मान्छे छेउमा बसेर चुरोट खाइरहेको छ भने त्यसको धुवाले पेटको बच्चालाई असर पर्न सक्छ ।
गर्भअवस्थामा यस्ता पदार्थको सेवनले गर्दा टाउको दुख्ने, तनाब हुने, गर्भपतन हुने, शिशुको वृद्धीमा विकास नहुने, कम तौल भएको बच्चा जन्मिने आदिको खतरा हुन सक्छ ।
साथसाथै, पेटमा बच्चा भएको आमाले रक्सी, चुरोट र सूर्तीजन्य पदार्थ खानाले बच्चाको अनुहारमा असर पर्ने अनुशन्धानले समेत पत्ता लगाएको छ ।
गर्भवती भएको केही हप्तामा नै पेटमा भएको बच्चाको अनुहार विग्रने, ओठमा समस्या आउने तथा बच्चाको कपाल नहुने सम्भावना देखा पर्न सक्छ ।
यसका साथै बच्चा तथा आमालाई सास फेर्न गाह्रो हुने, दम तथा श्वास सम्बन्धी समस्या देखा पर्छ । गर्भअवस्थामा खतराका लक्षणहरु देखिने बितिक्कै तुरुन्तै डाक्टर कहाँ जानु पर्छ ।
Comments