Sajhamanch Archive

किन गए अमेरिकी विदेश मन्त्री पोम्पियो भारत ?

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

अमेरिकी विदेश मन्त्री माइक पोम्पियो सोमबार भारत पुग्नेछन् । उनले भारतीय विदेश मन्त्रीका साथै प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नेछन् ।

पोम्पियो यस्तो समयमा भारत पुग्दैछन्, जुनबेला इरान र अमेरिकाबीचको तनाव युद्धको मुखको नजिक पुगेको छ । यद्यपि, पोम्पियोको भारत भ्रमणको तिथि पहिला नै निर्धारित थियो ।

उनको भारत भ्रमणबारे बीबीसी संवाददाताले मध्यपूर्व तथा अन्तरराष्ट्रिय मामिलाका जानकार प्रा। कमाल पासासँग कुराकानी गर्दै पोम्पियोको भारत भ्रमणको महत्वबारे प्रश्न गरेका थिए ।

प्रा. पासका अनुसार भ्रमणको दुई प्रकारको महत्व रहेको बताए । पहिलो, अमेरिकाको ड्रोन इरानले खसालेपछि खाडी क्षेत्रमा तनाव बढेर अहिले त्यहाँको अवस्था नाजुक हुन पुगेको छ ।

दोस्रो, संयुक्त अरब इमिरेट्स (यूएई) मा तेल ट्याङ्करमाथि भएको हमलापश्चात् ट्याङ्कर आवतजावतमा बाधा पर्न गएको छ । इन्स्योरेन्स प्रिमियम बढेपछि तेलको मूल्य वृद्धि हुन थालेको छ ।

यी दुवै मुद्दालाई लिएर अमेरिकाले इरानमाथि हमला गर्न चाहेको थियो, तर अन्तिम समयमा आएर त्यो फैसला स्थगित भएको थियो । यी सबै कारणले दुई देशबीच तनाव बढ्दै गएको थियो । उता इरानले पनि अमेरिकाले कुनै कारबाही गरेमा त्यसको आवश्यक जवाफ आफूले दिने बताउँदै आएको थियो ।

प्रा। पासा यी दुई मुद्दाबाहेक अन्य दुई फरक मुद्दाका कारण पनि पोम्पियो भारत भ्रमणमा आएको देख्छन् । भारतले रुसबाट ४०० एन्टी ब्यालेस्टिक मिसाइल खरिद गर्न चाहेको छ ।

व्यापारयुद्धका माध्यमबाट अमेरिका आफूलाई संसारमा शक्तिशाली देशका रुपमा स्थापित गर्न चाहन्छ । अर्थव्यवस्था र सेनालाई मजबुत र स्वतन्त्र गर्न चाहन्छ ।

के कुरा होला पोम्पियो र मोदीबीच ?

एकातिर प्रधानमन्त्री मोदी आफूलाई राष्ट्रपति ट्रम्पको मित्र बताउँछन्, अर्कोतिर दुई देशबीच पछिल्लो समय थुप्रै विषयमा मतान्तर देखिएको छ । यस्तो अवस्थामा पोम्पियोसँग के कुरा गर्लान् मोदीले ? प्रा. पासा भन्छन्, ‘‘सबैलाई थाहा छ कि, भारत अमेरिकासँग कुशल सम्बन्ध राख्न चाहन्छ ।

र, यसको सुरुआत पूर्वप्रधान मन्त्री पीवी नरसिंह रावको समयदेखि हुँदै आएको छ । हरेक क्षेत्रमा अमेरिका जोडिन थालेको छ । भर्खरै सेनाका लागि अमेरिकासँग हतियार खरिद गर्ने विषयमा ठूलै प्रगति भएको छ ।’’

यी सबै कुरालाई दृष्टिगत गर्दा दुई मुलुकबीच कुशल सम्बन्ध बनिसक्नुपथ्र्यो, तर त्यसो हुन सकेको छैन । यसको एउटा प्रमुख कारणमा पाकिस्तान र काश्मिरको विषय रहेको छ ।

भारत चाहन्छ, काश्मिर मुद्दालाई लिएर चरमपन्थीमाथि नियन्त्रणका लागि अमेरिकाको दबाब कायम रहनुपर्छ । यो विषयमा भारतको चाहनामुताबिक काम हुन सकिरहेको छैन ।

प्रा। पासा मान्छन् कि, भारत र चीनबीच बढ्दो सम्बन्ध अमेरिकालाई मन परेको छैन । किनकि, अमेरिका चीनलाई एक्लो पार्ने भरमग्दुर प्रयासमा छ । भारतले रुससँग हतियार किन्ने कुरामा पनि अमेरिका खुसी छैन ।

जब कोही अमेरिकी अधिकारी भारत आउँछन्, तब भारतले तिनलाई खाडी मुलुकमा ८० लाख भारतीय रहेको स्मरण गराउँछ । भारतमा जति पनि इन्धन र ग्यास आउँछ त्यो सबै खाडीबाटै आउँछ, यसकारण ती देशसँगको व्यापार भारतको प्रगतिका लागि महत्वपूर्ण रहेको प्रा। पासा बताउँछन् ।

भारत बताउन चाहन्छ, खाडीमा हुने हरेक तनावले भारतको आर्थिक अवस्थामा नकारात्मक असर पर्छ त्यसकारण धेरै सोचविचार गरेर कदम चाल्नुपर्छ । गलत कदमको असर इरान र अमेरिकामा मात्र होइन, सारा विश्वमा पर्न जान्छ ।

अमेरिका–इरान तनावले तेल र त्यसको भुक्तानीमा पनि ठूलो असर परिरहेको छ । यो तनावका कारण भारत ओमान या अर्कोे मुलुकसँग छलफल गर्न चाहन्छ । यसकारण पनि भारत अमेरिकासँग कुशल सम्बन्ध बनाइराख्न चाहन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *