Sajhamanch Archive

पूर्वका अधिकांश क्षेत्रमा सामान्य बदली

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by .

काठमाडौँ । देशभरको मौसम आज दिनभरजसो आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य र पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

पूर्वका अधिकांश क्षेत्रमा भने सामान्य बदलीको सम्भावना छ । पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

यस्तै मध्य र पश्चिमका थोरै भूभागमा पानी पर्ने सम्भावना छ । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहान मौसम केही खुलेको जस्तो छ ।

दिनभर नै बदली हुने र खुल्ने क्रम जारी रहने मौसमविदले बताएका छन् । पाँच दिनअघि भित्रएको मनसुन देशका सबै क्षेत्रमा फैलिएको छ ।

तर लगातारको झरी पर्ने गरी मनसुनी गतिविधि सक्रिय भने भएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *