मेचीनगर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
Published:
by .मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घीयताको मर्म एवम् भावना अनुरुप नगरको समग्र विकासमा वडास्तरको भूमिकालाई अझ बढी प्रभावकारीे बनाउने उद्देश्यका साथ वजेट नीति तथा कार्यक्रम प्रस्तावित गरिएको छ ।
नेपालको संविधान २०७२ वमोजिम स्थानीय तहको निर्वाचनबाट यस नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले पद वहाल गरी सके पछिको यो ऐतिहासिक चौथो नगरसभा हो ।
नगरका समग्र नगरवासीको आर्थिक विकास, सुशासन र समृद्घिको चाहानालाई परिपूर्ति गर्न एवम् यस नगरलाई व्यवस्थित, सफा, सुन्दर र सबल नगर वनाउन तथा ‘मेचीनगर नेपालको पूर्वीद्वार, कृषि र पर्यटन समृद्धिको मूल आधार’ भत्रे नगर दृष्टिकोण कार्यान्वयन गर्न विभिन्न नीति तथा कार्यक्रमहरु अवलम्वन गरिएको छ ।
नीति तथा कार्यक्रममा आर्थिक समृद्धि, सुशासन, वाल तथा लैङ्गिक मैत्री एवम् सामाजिक समावेशिता,वातावरण तथा पर्यावरण मैत्री, पर्यटन मैत्री एवम् गरिवी निवारणलाई प्रमुख आधार वनाइएको छ ।
स्थानीय सरकार सञ्चालनको अभ्यास, नगर योजनामा प्राथमिकता, योजना छनौट, नीति तथा कार्यक्रम स्वीकृति, वडा योजना तथा कार्यक्रम, नगरका गौरवका योजना तथा कार्यक्रम, लागत सहभागिता सम्वन्धि नीतिलाई यस नगरका प्रमुख नीतिहरुका रुपमा राखिएको छ ।
संघीय सांसद राम कार्की, १ नम्बर प्रदेश साँसद् गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली तथा राधा थापा, नगरप्रमुख विमल आचार्यको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले उक्त नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
योजना छनौट गर्दा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ को उपदफा (३) वमोजिम आर्थिक विकास तथा गरिबी निवारण र रोजगार श्रृजनामा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, स्थानीय वासिन्दाहरुको लागत सहभागिता जुटने, स्वयम् सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने ,जनताको जीवनस्तर, आम्दानी र रोजगार वढने , स्थानीय श्रोत, साधन र सीपको अधिकतम प्रयोग हुने, महिला, बालवालिका तथा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने , लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने, दीगो विकास, वातावरणीय संरक्षण तथा सम्वद्र्धन गर्न सहयोग पुर्याउने तथा भाषिक तथा साँस्कृतिक पक्षको जगेर्ना, सामाजिक सदभाव तथा एकता अभिवृद्धिमा सहयोग पु¥याउनेलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।
चालु आर्थिक वर्ष २०७५÷०७६ मा ठूला आयोजना तथा कार्यक्रम अन्तर्गत मेचीनगरको गौरवका आयोजना तथा कार्यक्रम भनी प्रस्तावित आयोजनाहरु वा त्यस्तै प्रकृतिका नगरको दिगो विकास र दीर्घकालीन महत्वका योजना तथा कार्यक्रमहरु मध्ये अधिकांश योजना तथा कार्यक्रमको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रस्ताव तयार भईसकेकोमा ती योजनाहरुलाई सघीय योजना र प्रदेश योजनामा समावेश गराई कार्यान्वयन गर्न पहल गरिने, यसका लागि नगरपालिकाको तर्फबाट समपुरक कोष (म्याचिङ्गफण्ड) को व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
योजना छनौट गर्दा नेपाल सरकार र प्रदेश सरकारको नीति, लक्ष्य,उद्देश्य, समयसीमा र प्रकृयासँग अनुकूल हुने गरी सुशासन, वालमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन, लैङ्गिक तथा सामाजिक समावेशीकरण जस्ता अन्तर सम्वन्धित विषयलाई ध्यान दिने, सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जूृमा प्रक्रिया अबलम्वन गरी वस्ती÷टोलस्तरीय योजनाको माग संकलन प्राथमिकता निर्धारणतथा छनोट गरी वडाले सिफारिस गरी पठाएका वडास्तरीय योजना र नगरस्तरीय योजना तथा नगर गौरवका योजनाहरु समावेश गरी वजेट तर्जूमा समिति मार्फत नगर कार्यपालिकाबाट स्वीकृत गरी पारित गर्न नगर सभामा वार्षिक वजेट, नीति तथा कार्यक्रम पेश, नगरमा थपश्रोत प्राप्त हुदाँ कार्यान्वयन गर्ने गरी वडाबाट सिफारिस भएका र नगरका अन्य योजना समावेश गरी नगर योजना वैंक तयार गरिने विषयवस्तु समेत उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
संघीय सरकार र प्रदेश सरकारद्वारा यस नगरपालिका भित्र सञ्चालन गरिने योजनाकाको विवरण समेत नगरपालिकाको वार्षिक वजेट, नीति तथा कार्यक्रममा समावेश गरिएको छ भने “प्रधानमन्त्री रोजगार कार्यक्रम” लगायतका नेपाल सरकार तथा प्रदेश सरकारले विशेष कार्यक्रमका लागि अनुदान प्रदान गर्ने गरी रकम विनियोजन भै आएका कार्यक्रम कार्यान्वयन गर्न निर्धारण गरेको प्रकृया वमोजिम पहिलो प्राथमिकतामा राखी कार्यान्वयन गरिने स्पष्ट छ ।
लागत सहभागिता सम्वन्धमा लिइएको नीतिमासम्बन्धित परियोजनाका लागि नगरपालिकाबाट छुट्याइएको रकमको शतप्रतिशत नगरपालिकाले दिने र उक्त लागतमा कुल लागतको कम्तिमा १० प्रतिशत रकम लाभग्राहीहरुको सहभागिता समावेस गरी कूल परियोजना लागत निर्धारणको नीतिलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिने, कूल योजना लागतको ५० प्रतिशतभन्दा बढी स्थानीय लागत सहभागितासहित नगरपालिकाको समेत लागत सहभागिताका लागि नगरपालिकामा योजना पेस हुन आएमा त्यस्ता योजनाहरु निर्माण गर्न उपयुक्त देखिएमा नगरपालिकाले लागत सहभागिता जनाउन सक्नेगरी एक म्याचिङ फन्ड खडा गरिने छ । प्रथम आगमन प्रथम प्राथमिकता र स्थानीय लागत सहभागिताको मात्राका आधारमा त्यस्ता योजनामा नगरपालिकाबाट उक्त म्याचिङ फन्डबाट लगानी गरिने, यस कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्ष २०७५÷०७६ मा प्रस्ताव भै आएका आयोजनालाई आगामी वर्षको कार्यक्रममा समावेश गरेर लैजाने प्रस्तुत नीति र कार्यक्रममा उल्लेख छ ।
साविक वडा नं. १० (काँकरभिट्टा क्षेत्र) हाल मेचीनगर–६ अन्तर्गत राष्ट्रिय आवास कम्पनीबाट नगरपालिका एवम् सम्बन्धित सरोकारवाला संस्था तथा निकायमा स्वामित्व हस्तान्तरण सम्बन्धी कार्य यसै आर्थिक वर्ष भित्र सम्पन्न गरिने र त्यसका लागि आवश्यक बजेट व्यवस्था गरिने, नेपाल चिया विकास निगम अन्तर्गतको टोकला चिया बगानबाट नगरपालिकाले असुल उपर गर्न बाँकी सम्पूर्ण रकम असुलीका लागि सक्रिय पहलकदमी गरिने, आवश्यक परे कानुनी उपचारको बाटो समेत अवलम्बन गरिने, संघीय एवम् प्रदेश सरकारसँगको सहकार्यमा नगर क्षेत्रभित्रको सुकुम्बासी समस्या समाधानको पहल गरिने, नगरपालिकाको तर्फवाट लागत सम्लग्नता तथा सहभागिता रहेका आयोजनाहरुको बर्तमान फरफारक प्रकृया अत्यन्तै झन्झटिलो भएका कारण रु पाँचलाखसम्मका आयोजनाहरुको फरफारक सम्बन्धित वडाबाटै गर्ने गरी कार्यविधी वनाई कार्यान्वयन गरिनेछ ।यसका लागि हरेक वडामा अधिकृत स्तर छैठौ तहको अधिकृत र लेखाको कर्मचारीको दरवन्दी श्रृजना गरिने समेत सार्वजनिक नीति तथा कार्यक्रमा समावेश गरिएको छ ।
सार्वजनिक सेवा तथा क्षमता विकास सम्वन्धि नीति, पूर्वाधार विकास सम्वन्धि नीति, वित्तिय व्यवस्थापन, श्रोत परिचालन र आर्थिक विकास सम्वन्धि नीति, वातावरण तथा विपद व्यवस्थापन सम्वन्धि नीति, सामाजिक विकास सम्वन्धि नीतिलगायतलाई विषयगत क्षेत्र सम्वन्धि नीतिहरुमा समावेश गरिएको छ ।
उपप्रमुख उप्रेतीले मेचीनगर नगरपालिकाको आर्थिक ऐन २०७६ मेचीनगर नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक समेत सभामा प्रस्तुत गरीन् .
मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०७६÷ २०७७ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले,नेपालको संविधानको धारा २८८ को उपधारा (२ ) बमोजिम मेचीनगरनगर सभाले यो ऐन बनाएको जानकारी दिईन् ।
यो ऐन साल श्रावण १ गतेदेखि मेचीनगरनगरपालिका क्षेत्रमा लागू हुने छ । सम्पति करःमेचीनगरनगरपालिकाका क्षेत्रभित्र अनुसूचि (१) बमोजिम सम्पत्ति कर लगाइने र असूल उपर गरिनेछ । भूमि कर (मालपोत) मेचीनगरनगरपालिका क्षेत्रभित्र अनुसूचि (२) बमोजिम भूमि कर (मालपोत) लगाइने र असूल उपर गरिनेछ । घर वहाल कर मेचीनगरनगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै आंशिक तवरले वहालमा दिएकोमा अनुसुची (घ) बमोजिम घर जग्गा वहाल कर लगाइने र असूल गरिनेछ । व्यवसाय कर मेचीनगरनगरपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूचि (द्ध) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।
सवारी साधन करःमेचीनगरनगरपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूचि (५) बमोजिम सवारी साधन कर लगाइने र असुल उपर गरिनेछ ।तर, प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ । विज्ञापन कर मेचीनगरनगरपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूचि (६) बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ । मनोरञ्जन कर मेचीनगरनगरपालिका क्षेत्रभित्र हुने मनोरञ्जन व्यवसाय सेवामा अनुसूची (७) बमोजिम व्यवसाय कर लगाइने र असुल उपर गरिनेछ । तर, प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
बहाल बिटौरी शुल्कः पार्किङ शुल्कःमसेवा शुल्क, दैनिक तथा साप्ताहिक हाट बजार कर , सिफारीस तथा दस्तुर, भाडा, जरिवाना प्रस्तुत विधेयकमा छ ।
आर्थिक वर्ष २०७५÷०७६ को लागि स्वीकृत कार्यक्रम मध्ये नगर गौरव लगायतका अन्य साझेदार निकायसँग सञ्चालित कार्य प्रारम्भ नभै वाँकी रहेको हकमा आगामी वर्षमा कार्यक्रम सार्न विनियोजित रकम सोही अनुसार क्रमागत आयोजना स्वीकृत गरी कार्यान्वयन गरिने गरी प्रस्ताव गरिएको छ ।
Comments