Sajhamanch Archive

चलचित्र ‘सानो मन’ रिलिजको मिति सर्‍यो

Published: in टिप्स/जानकारी, विविधा by .

काठमाडौं । असार २० गते रिलीज हुने भनिएको नेपाली कथानक चलचित्र ‘सानो मन’ असार २७ गते रिलिज हुने भएको छ । पोष्ट प्रोडक्सनको काम नसकिएकाले प्रदर्शन मिति पछि सार्नु परेको निर्माण पक्षले जनाएको छ ।

“हतारमा नराम्रो चलचित्र रिलिज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो आउन लागेका हौँ”, निर्माता राजेन्द्र मानन्धरले विज्ञप्ती निकाल्दै भनेका छन् ।

सुयोग गुरुङको डेब्यू निर्देशन ‘सानो मन’मा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारको अभिनय छ । ‘सानो मन’ म्युजिकल लभस्टोरी हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *