Sajhamanch Archive

माडगास्करमा भागदौडमा परी १६ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

एजेन्सी । देशको स्वतन्त्रता दिवस मनाउन र‌ंगशाला पुगेका सर्वासाधारणको भागदौडमा किचिएर पूर्वी अफ्रिकी देश माडगास्करमा १६ जनाको मृत्यु भएको छ।

स्वतन्त्रता दिवसको परेडपछि मानिसहरू कार्यक्रम आयोजित रङ्गशालाबाट बाहिर जान खोज्दा प्रहरीले ढोका बन्द गरिदिएपछि भाग दौड मच्चिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

स्वतन्त्रता दिवस समारोह हेर्न हजारौँ मानिस भेला भएका थिए। परेडपछि सुरक्षाकर्मीले दर्शकहरू बाहिर जाऊन् भनेर ढोकाहरू खोलिदिएका थिए। तर केही ढोका तत्कालै बन्द गरिएको र भिडलाई प्रहरीले रोकेकाले मानिसहरू किचिएको बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *