Sajhamanch Archive

तीन महिने कपडाको झोला सिलाइ तालिम सम्पन्न

Published: (Updated: ) in विविधा by .

भद्रपुर । प्लाष्टिक जन्य पदार्थको प्रदुषणबाट मुक्त गर्ने उद्देश्यले विर्तामोड ८ स्थित देउनियामा ३ महिने कपडाको झोला सिलाइ तालिम सम्पन्न गरिएको छ ।

विर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा गणेश सामुदायिक सिकाइ केन्द्र विर्तामोड ८ देउनियाको आयोजनामा प्लाष्टिकका झोला व्यवस्थानका लागि कपडाका झोला सिलाई तालिम सम्पन्न गरिएको हो ।

सिकाइ केन्द्रका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुब्र शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा तालिममा सहभागी १९ जना महिलालाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

उत्कृष्ट प्रशिक्षार्थीका रूपमा प्रमिला नेपाल र ज्वोति कोइलालालाई पुरस्कृत समेत गरिएको समापन कार्यक्रममा विर्तामोड ८ का कार्यवाहक वडाध्यक्ष दिपक भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *