भारु दुई सयको नोट नेपालमा नचल्ने
Published: (Updated: )
by .काठमाडौं । सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपियाँका नोट प्रचलनमा छैनन् ।
त्यसैगरी बैठकले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । यस्ता ऋण सरकारले तिरिदिने उनले बताए । नेपाल समाचारपत्रबाट ।
Comments