Sajhamanch Archive

मदन गुरुलाई बालबालिकाको सम्मान

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । राष्ट्रिय खेलकुद परिषदले नियुक्त गरेको सितोरियो करातेका राष्ट्रिय प्रमुख प्रशिक्षक मदन उप्रेतीलाई झापाका कराते खेलाडीहरुलाई सम्मान गरेका छन् ।

आज बिहान महेन्द्ररत्न डोजो बिर्ताबजार र सुरुङ्गा डोजोमा तालिमरत ससना प्रशिक्षार्थीहरु, प्रशिक्षकसहित डोजो व्यवस्थापन समितिले फूलगुच्छा, खादा अबिरसहित प्रमुख प्रशिक्षक उप्रेतीलाई सम्मान गरेका हुन् ।

सम्मान ग्रहण गर्दै प्रमुख प्रशिक्षक उप्रेतीले यही भूगोलबाट आफूले कराते प्रशिक्षण लिई नयाँ पुस्तालाई सिकाउँदै आजको जिम्मेवारी प्राप्त गरेकाले प्राप्त सम्मानले आफूलाई जिम्मेवारी सम्हाल्न थप प्रोत्साहित गरेको बताए । स–साना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिँदै उप्रेतीले भने, भविष्यमा साफ गेम, एशियन गेम, ओलम्पिक प्रतियोगितामा सहभागिता जनाउन र मेडल जित्न सफल बन्ने अपेक्षासहित तालिम लिन सुझाव पनि दिए ।

आफ्नो नयाँ जिम्मेवारीको कार्यकाल करिब डेढ वर्षमात्र रहेको र यही अवधिमा साफ गेम पनि परेकाले कराते खेलबाट धेरैभन्दा धेरै मेडल भित्राउन आफ्नो प्रयास रहने उप्रेतीको भनाई छ । सम्मान कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ का अध्यक्ष तथा नेपाल बक्सिङ संघको केन्द्रीय उपाध्यक्ष भोजराज सिटौलाले प्रमुख प्रशिक्षक उप्रेतीलाई कार्यसफलताको शुभकामना दिँदै कराते खेललाई अझ विकसित गर्न उहाँको कार्यकाल फलदायी बनोस् भन्ने धारणा राखे ।

सो अवसरमा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले र बिर्तामोड नगरपालिका वडा नं. ३ का खेलकुद समितिका अध्यक्ष मदन बुढाथोकीले नवनियुक्त प्रमुख प्रशिक्षक मदन उप्रेतीलाई कार्यसफलताको शुभकामना दिएका थिए । संक्षिप्त सम्मान कार्यक्रमको सञ्चालन महेन्द्ररत्न डोजोका प्रशिक्षक दुर्गाराज निरौलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *