आफ्नै लिङ्ग काटेर दुई टुक्रा
Published:
by .विराटनगर । मोरङको लेटाङ नगरपालिकाका एक युवकले अचम्मित र आङ्गै सिरिङ हुने घटना घटाएका छन् ।
मोरङको लेटाङ नगरपालिका वडा नं.३ मिलन चोकका २२ वर्षीय सुनिल राईले आफ्नै लिङ्ग काटेर दुई टुक्रा बनाएका छन् ।
तरकारी काट्ने चक्कुले लिङ्ग छिनाएपछि गम्भीर बनेका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।
बुवा बुमा राईले प्रहरीलाई दिएको जानकारी अनुसार सुनिलले कहिले काहीं असामान्य व्यवहार देखाउने गरेका थिए । जन्डिससम्बन्धी पुरानो समस्या रहेका उनले मादक पदार्थ नियमित सेवन गर्दै आएको उनका बुबा बताउँछन् ।
नियमित मापसेकै कारण जन्डिस निको नभएको र त्यसपछि सुनिलले असामान्य व्यवहार देखाउने गरेको बताइएको छ । बुमाले केही समयदेखि सधैं एकोहोरो भएर टोलाइरहने र कहिले काहीं घर छाडेर हिंड्ने गरेको बताए ।
उनले भने, ‘सधैं एकोहोरो भइरहने गथ्र्यो । कहिले काहीं घर छाडेर हिंडेपछि फर्किएर आउँदैन थियो । परिवारका सदस्य गएर खोजी गरेर ल्याउने गरेका थियौं । तर एक्कासी यो घटना आफैले गराएको देख्दा हामी पनि अचम्ममा पर्यौं ।’
बिहीबार दिउँसो सो घटना भएका बेला घरमा परिवारका अन्य सदस्य नभएको पाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक योगराज खतिवडाले कहिले काहीं असामान्य व्यवाहरा देखाउने युवाले अनौठो घटना गराएको बताए । ४ वर्षअघि बिहे गरेका सुनिलको ३ वर्षका छोरा पनि छन् ।
प्रहरीका अनुसार पारिवारिक सम्बन्ध भने राम्रो रहेको छ । सुनिलको नोबेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
Comments