Sajhamanch Archive

शिवसताक्षीमा सम्पत्ती शुद्धीकरण सम्वन्धी तीन दिवशीय तालिम आजबाट सुरु

Published: (Updated: ) in सहकारी by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा सम्पती शुद्धीकरण तथा सहकारी सूचना व्यवस्थापन सम्बन्धी तीन दिवशीय तालिम आजबाट सुरु भएको छ ।

शिवसताक्षी नगरपालिकाको आयोजनामा नगर क्षेत्रभित्र रहेका सहकारीहरुलाई तालिम प्रदान गर्न दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको भवनमा सो तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन शिवसताक्षी नगरपालिका वडा नं. ११का वडाध्यक्ष भैरवकुमार श्रेष्ठले उद्घाटन गरेका छन् । तालिममा एक व्यक्ति एक सहकारीको नीतिलाई कसरी कार्यान्वय गर्ने, सम्पत्ती सुद्धिकरण निवारण गर्दै सहकारीलाई कसरी अघि बढाउने, नेपाल सरकारले बनाएको कोपोमिन्स प्रणालीलाई सबै सहकारी लागु गर्नु पर्ने लगायतका विविधि विषयमा तालिम दिइने शिवसताक्षी नगरपालिका सहकारी शाखा प्रमुख बद्री दाहालले जानकारी दिए ।

तालिममा सहकारीहरुका तर्फबाट बोल्दै आदर्श बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले कतिपय सहकारीहरुका सञ्चालकहरुमा नै आफ्नो सहकारीमा विश्वास गर्न गाह्रो मानिरहेको बताए । सञ्चालकले नै ठूलो रकम सहकारीमा नराखी बैंकमा जम्मा गरिदिनाले पनि सहकारीहरुमा अविश्वास बढ्ने गरेको जानकारी दिए । उनले भने, एउटै व्यक्तिले धेरै वटा सहकारीमा कारोबार गरेकाले पछिल्लो समय सहकारीहरुले भने जस्तो प्रगति गर्न गाह्रो भएको छ ।

तालिममा सहकारी प्रशिक्षालय इनरुवाका प्राचार्य लिला बल्लब चापागाई, कृषि भूमि सहकारी मन्त्रालय प्रदेश नं. १ का रामप्रसाद चापागाईं र शिवसताक्षी सहकारी प्रमुख बद्री दाहालले सहजीकरण गर्ने बताइएको छ । हाल शिवसताक्षीमा ३६ सहकारी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *