Sajhamanch Archive

फरक शैलीमा धान दिवस, जहाँ असारे गीत र कविता गुञ्जियो

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, by .

मेचीनगर । आइतबार कतै वेठी लगाएर धान रोपाई गदैं असार १५ वा राष्ट्रिय धान दिवस मनाइयो त कतै सामुहिकरुपमा धान रोपेर । त्यसदिन के नेता के अभिनेता सवै धान रोप्न र हिलो छयापाछयाप गर्न व्यस्त थिए ।

कृषकहरुले अवश्य धान रोप्ने ने भए । जताततै यसरी असार १५ वा राष्ट्रिय धान दिवस मनाइरहँदा झापाको मेचीनगरमा भेला भएका साहित्यकारहरु कविता र गीतका माध्यमबाट धान रोप्दैं थिए । दुईतले घरमाथि कतै सहनाई बज्दै थियो त कतै असारे भाकाको लोकगीत त कतै असार १५ कै गीत र कविता गुञ्जिरहेको थियो । झापाली कविहरुलाई मात्र होइन प्रदेश नम्बर १ का सवै स्रष्टाहरुलाई एकठाउँमा भेला भएर यो दिवस मनाउन स्रष्टा एकता मञ्च प्रदेश नम्बर १ ले अवसर प्राप्त गरेको थियो ।

साहित्यका माध्यमबाट असार १५ लाई सधै बचाइराख्ने उद्देश्यले स्रष्टा एकता मञ्च प्रदेश नम्बर १ आइतबार वृहद साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले वरिष्ठ साहित्यकार तेजराज खतिवडाको निवास परिसरमा आयोजना गरेको कार्यक्रममा नेपाललाई कृषि प्रधान मुलक भनिए पनि अहिले कृषि तथा कृषिजन्य वस्तुमा नेपाल परनिर्मर बनेको भन्दैं स्रष्टाहरुले चिन्ता व्यक्त गरेका गरेका थिए ।

मञ्चका संयोजक एवम् कार्यक्रमका सभापति वरिष्ठ साहित्यकार तेजराज खतिवडाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उसवेला १ सय ४ वर्षको राणाशासनमा व्यहोर्नु परेको पीडालाई कवितात्मक शैलीमा प्रस्तुत गर्दै थिए ।

केही वर्षअघिदेखि सरकारले हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालेको भएपनि यतिखेर धान फल्ने सवै खेत प्लटिङमा रुपान्तरण भएकोमा सहभागी स्रष्टाहरुले दुखेसो व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कथाकार विनोद खनालले असार १५ को महत्वका वारेमा प्रकाश पारेर उनको भनाईको वीट मर्न नपाउदैं कलाकार मातृका संग्रौलाले सहनाई बजाएर असारे भाकाको गीत प्रस्तुत के मात्र गरेका थिए स्रष्ष्टा गंगा ओडारी, परशुराम तिम्सिना जानी नजानी कम्मर हल्लाउन थाले । साहित्यकार हरिप्रसाद रिमालले कविता बचन गरे भने स्रष्टा गंगा ओडारीले असार महिनामा रोपाइका बखत गाईने गीत प्रस्तुत गरे ।

स्रष्टा परशुराम तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार कृष्ण सुमार्गी, पत्रकार लक्ष्मी उप्रेतीलगायतले आ आफ्नो विचार व्यक्त गरेका थिए । अब हरेक वर्ष असार १५ मा मञ्चले विभिन्न ठाउँमा साहित्यका माध्यमबाट कृषि प्रधान देश र असार १५ लाई बचाई राख्न विविध कार्यक्रम गर्ने संयोजक खतिवडाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *