Sajhamanch Archive

भीषण वर्षापछि मुम्बईमा डुबान

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । विगत केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण भारतको मुम्बई पानीमा डुबेको छ ।

शहरका अनेकौं भागमा पानी जमेकाले सडकदेखि लिएर रेलवे ट्य्राकसम्म लुप्त भएका छन् । मुम्बईको जीवनरेखा मानिने लोकल ट्रेन चल्न सकेका छैनन् ।

भिजिबिलिटी कम भएकाले हवाई सेवा प्रभावित छ । मुम्बईका एयर ट्राफिकले नजिकका अन्य विमानस्थलतर्फ डाइभर्ट गरिरहेका छन् ।

विपतको स्थितिलाई नियन्त्रण गर्न प्रशासन एकजुट भएको छ । मौसम विभागले आगामी २४ घन्टामा केही स्थानमा भीषण वर्षा र बाँकी भागमा घरिघरि वर्षा हुने जनाएको छ ।

मुम्बईका सडकहरू जलमग्न बनेका छन् । कुर्लाको क्रान्तिनगर इलाकामा मीठी नदीको जलस्तर बढेकाले जोखिमको आशंका गर्दै लगभग एक हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

मंगलवार पनि पानी पर्ने भएपछि सरकारले सबै सरकारी र निजी विद्यालय बन्द गर्न आदेश दिएको छ । सरकारी र निजी कार्यालयलाई पनि होलिडे दिइएको छ ।

मुम्बई शहरमा २०० मिलिमिटर र उपनगरहरूमा त्यसभन्दा पनि भीषण वर्षा विगत २४ घन्टामा भएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *