Sajhamanch Archive

‘चीनसँगको राजनीतिक सम्बन्ध थप सुदृढ बनाएँ’ : प्रधानमन्त्री ओली

Published: in राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी राष्ट्र चीनको ६ दिने राजकीय भ्रमण पूरा गरी आज स्वेदश फर्केका छन् ।

आज स्वेदश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता र आपसी विश्वासमा बृद्धि भई राजनीतिक सम्बन्ध थप सुदृढ भएको विश्वास व्यक्त गरेका छन् ।

रेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी पर्यटनजस्ता क्षेत्रमा भएका सम्झौताले नेपालको दीर्घकालिन आर्थिक सहयोगको खाका तयार भएको प्रधानमन्त्री ओलीले सो अवसरमा बताए ।

प्रधानमन्त्री ओलीका तर्फबाट जारी गरिएको प्रेस नोटमा जनाइएअनुसार दुवै देशबीच हस्ताक्षर सम्पन्न भएको रेल्वे कनेक्टिभिटीको लागि सहयोग सम्बन्धी समझदारी पत्र एक महत्वपूर्ण दस्तावेज भएको उल्लेख छ ।

“समृद्ध नेपाल, सुखी नेपाली”को अभियानलाई सफल बनाउन छिमेकीसँगको सहकार्य सुनिश्चित गर्ने प्रयासको शिलशिलामा आफूले मित्र राष्ट्रको भ्रमण गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

नेपालको विकास नेपालीले नै गर्ने भएपनि आर्थिक समृद्धिका लागि छिमेकीहरुसँग भएका सहमतिहरुको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चिनफिङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र राष्ट्रपति सिले पनि उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाएको बताइएको छ ।
फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता र आपसी विश्वासमा बृद्धि भई राजनीतिक सम्बन्ध थप सुदृढ भएको विश्वास व्यक्त गरेका छन् ।

रेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी पर्यटनजस्ता क्षेत्रमा भएका सम्झौताले नेपालको दीर्घकालिन आर्थिक सहयोगको खाका तयार भएको प्रधानमन्त्री ओलीले सो अवसरमा बताए ।

प्रधानमन्त्री ओलीका तर्फबाट जारी गरिएको प्रेस नोटमा जनाइएअनुसार दुवै देशबीच हस्ताक्षर सम्पन्न भएको रेल्वे कनेक्टिभिटीको लागि सहयोग सम्बन्धी समझदारी पत्र एक महत्वपूर्ण दस्तावेज भएको उल्लेख छ ।

“समृद्ध नेपाल, सुखी नेपाली”को अभियानलाई सफल बनाउन छिमेकीसँगको सहकार्य सुनिश्चित गर्ने प्रयासको शिलशिलामा आफूले मित्र राष्ट्रको भ्रमण गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

नेपालको विकास नेपालीले नै गर्ने भएपनि आर्थिक समृद्धिका लागि छिमेकीहरुसँग भएका सहमतिहरुको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चिनफिङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र राष्ट्रपति सिले पनि उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *