Sajhamanch Archive

क्याम्पामा एनएमबिको शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

कमल । एनएमबि बैंकले  कमल गाउँपालिका क्याम्पामा शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

ग्राहाकलाई छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालमा ल्याएको बैंकिङ सेवाको एक कार्यक्रम बीच  कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले उद्घाटन गरेकी थिईन् ।

बैंकमा आएका सेवाग्राहीलाई शाखा रहित बैकिङ्ग सेवामा  पि. ओ. टि मेसिन  प्रयोगगरी स्थानिय  सन्तोषी श्रेष्ठले सेवा प्रदान गर्ने  एनएमवि बैंक केर्खा शाखाका  प्रबन्धक अनिमश पोख्रेलले जानकारी दिए ।

विगत ६ वर्षदेखि कमल गाउँपालिका ३ केर्खाबाट सेवा प्रदान गर्दै आएको  बैंकले यस क्षेत्रमा थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा त्याएको बैंकले जनाएको छ ।

शाखा रहित बैकिङ्ग सेवाबाट  पि. ओ. टि मेसिनमा डेविट÷क्रेडिट कार्ड वा औंठा छाँपको प्रयोग गरी अत्यन्त सुरक्षित तरीकाले नगद जम्मा तथा भुक्तानी, युटिलिटि पेमेन्ट तथा  ब्यालेन्स ट्रान्सफर लगायतका अन्य सुबिधा प्राप्त गर्न सकिने  शाखा सञ्चालक सन्तोषी श्रेष्ठले  जानकारी दिए ।
उद्घाटन कार्यक्रममा स्थानिय जनसमुदाय,कमल गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु, ग्राहक, व्यापारी तथा बैंकका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *