Sajhamanch Archive

शिवसताक्षीको ७ नं. वडाका चालु आर्थिक वर्षका सम्पूर्ण योजनाहरु सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ ले चालु आर्थिक वर्षमा सञ्चालित सम्पूर्ण योजनाहरु सम्पन्न गरेको छ ।

चालु आर्थिक वर्ष २०७५÷७६ मा शिवसताक्षी नगरपालिकाबाट वडा नम्बर ७ को पूर्वाधार बिकाशका लागी २६ लाख ५० हजार रुपैया विनियोजित बजेटमा सडक ग्राभेल, ह्युम्पाईप राख्न कल्भर्ट निर्माण गरी २६ ओटा योजनाहरु सम्पन्न गरेको ७ नंं. वडा कार्यालयले जनाएको छ ।

वडाले भौतिक पूर्वाधार तर्फ सबै योजनाहरु उपभोक्ता समितिबाट सम्पन्न गरेको हो । उपभोक्ता समितिबाट सम्पन्न भएका योजनाहरुमा वडाले समयमा नै सहज रुपमा बजेट दिएपछि समय मै काम सम्पन्न गरेको उपभोक्ता समितिहरुले जनाएका छन् ।

वडा नम्बर ७ ले सामाजिक बिकासमा ६ लाख २५ हजार, आर्थिक बिकाश तर्फ ४ लाख ७५ हजार बराबरका योजनाहरुको सम्पूर्ण काम सम्पन्न गरेको वडा नं. ७ का वडाध्यक्ष नविन इजमले बताए ।

त्यसैगरी आर्थिक तथा सामाजिक विकास योजनाहरु पनि सम्पन्न भएका छन् । स्थानीय तह आएसँगै शिवसताक्षी नगरपालिकाको वडा नम्बर ७ को मुहार फेरिएको छ । वडाका हिसाबले अरु वडा भन्दा पिछडिएको वडा भएपनि समय वडालाई विकासको गति दिन चालु आर्थिक वर्षको बजेट ठूलो उपलब्धी हासिल गरेको वडाध्यक्ष इजम बताउँछन । अध्यक्ष इजमका अनुसार वडामा ठूला योजनाहरुको अभाव खड्किएको छ । वडा नं. ७ को लालपानीलाई वडा कार्यालय सँग जोड्न कनकाई माईमा झोलुङ्गे पुलको आवश्यता रहेको छ । त्यस्तै चन्द्रडाँगी खोलामा पक्की पुल, विभिन्न खोलाहरुमा तटबन्धनको आवश्यक्ता वडालाई खड्किएको वडाध्यक्ष इजम बताउँछन् ।

यी योजनाहरु नगर तथा वडाले सम्पन्न गर्न नसक्ने भएकाले प्रदेश तथा केन्द्रबाट योजना पारी काम सम्पन्न गर्न पहल गर्ने समेत अध्यक्ष इजमले जानकारी दिए ।

आ.वि. २०७६ ÷ ०७७ को बजेट समयमा नै उपलब्ध गराई वडा विकासको कामलाई तिब्रता दिने समेत अध्यक्ष इजमले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *