Sajhamanch Archive

कमल गाउँपालिकाको न्यायिक समितिमा ५१ उजुरी

Published: in स्थानीय तह by .

कमल । कमल गाउँपालिकाको न्यायिक सचिवालयमा यस आर्थिक वर्षमा विभिन्न विवादसँग जोडिएका ५१ वटा उजुरु परेका छन् ।

उजुरी परेका विवाद मध्ये सबै भन्दा धेरै जग्गा किचलो २४ वटा, माना चामल १३ सिमानामा वोटविरुवा रोपेको ५ , घरभाडा दिलाइपाउँ १, करार संम्झौता अनुसार जग्गा फिर्ता दिलाइपाउँ १ ओटा उजुरी छन् । त्यस्तै जग्गापास गरेपछि घर निकाला १, वसोवास भएको जग्गा रोक्का गरीपाउँ १, वि.सं. २०२८ साल देखिको पैनी मासेको १, नावालकलाई घरनिकाला १, क्षतिपूर्ती दिलाईपाउँ १ सार्वजनिक सडक भत्काएर अवरोध पुर्याएको १ जस्ता उजुरी पर्न आएको कमल गाउँपालिकाले जनाएको छ ।

न्यायिक सचिवालयमा परेका उजुरी मध्ये एउटा फैसला भएको र २३ ओटा मुद्धा मेलमिलाप गरिएको त्यस्तै ९ ओटा मुद्धा छलफलको चरणमा रहेको न्यायिक समितिले जनाएको छ । स्थानिय तहमा गठीत न्यायिक समितिमा धेरै विषय सँगजोडिएका उजुरी पर्ने गरेका छन् ति मध्ये कति न्यायिक समितिले हेर्न नमिल्ले खालका उजुरी समेत परेका छन् ।

न्यायिक समितिले नहेर्ने खालका उजुरी परेकाले पनि समितिले गर्ने कामकाजमा ढिला भएको नगरपालिकाले जनाएको छ । गाउँपालिकामा परेका उजुरीहरुलाई न्यायिक समितिले गम्भिता पर्वक काम गरिरहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *