Sajhamanch Archive

शिवसताक्षीमा ७९ करोडको बजेट

Published: (Updated: ) in स्थानीय तह by .

दूधे । झापाको शिबसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ का लागि नगरसभामा ७९ करोड बजेट पेश गरेको छ । नगरले दोस्रो नगरसभाको उद्घाटन गर्दै नीति, कार्यक्रम र बजेट पेश गरेको हो ।

झापा, क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य सांसद एलपी सावा लिम्बुले शिबसताक्षी नगरपालिकाको दोस्रो नगरसभालाई उद्घाटन गरेका थिए । सभाको उद्घाटन पश्चान बोल्दै सांसद लिम्बुले नगरवासीको जीवन स्तरलाई परिवर्तन गर्न आर्थिक विकासका कार्यक्रमहरुमा केन्द्रित हुन आग्रह गरेका थिए । उनले बढ्दो बेरोजगारीको अन्त्य गर्न रोजगारमुखी र उत्पादनमुखी क्षेत्रमा लगानी गर्न नगरपालिकालाई सुझाव राखेका थिए ।

कार्यक्रममको प्रमुख अतिथिसमेत रहेका सांसद सावाले जनप्रतिनिधिहरु जनताको पक्षमा रहेर इमान्दारीका साथ सेवा गर्नुपर्नेमा जोड दिएका थिए । कुनै एउटा नागरिक आफ्नो काम लिएर नगरपालिकाको कार्यालयवाट रित्तो हात फर्खिन नपरोस, सावाले भने–‘नागरिकले नबुझेका विषयमा जनप्रतिनिधि वा कार्यालयका कर्मचारीले सकारात्मक ढंङ्गमा सहयोग गर्नुहोस् ।’

सो अवसरमा प्रदेश सांसद झलकसिं दर्लामी मगरले शिबसताक्षी नगरपालिकालाई कृषि र पर्यट्रन क्षेत्रवाट स्थापित गर्न सुझाएका थिए । प्रदेश सांसद हिरा थापाले रोजगारमुखी र उत्पादनशिल क्षेत्रमा नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा प्राथमिक्तामा राख्नुपर्नेमा जोड दिएका थिए । जिल्ला सम्बन्य समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले नगरपालिकाले आफ्नो वडाभित्रका सडक, शिक्षा, सुरक्षा, स्वास्थ्य लगायतका नागरिकको आधारभुत आवश्यत्तालाई अभाव हुन नदिने खालका स्थाई कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा नगर प्रमुख शेर्माले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन, बजेट सिलिङ् र नगरको आन्तरिक आय स्रोतका आधारमा बजेटको सिमा निर्धारण गरिएको जानकारी दिए । नगरसभामा बिनियोजन ऐन, कर सम्बन्धि बिधेयक र सञ्चित कोष सम्बन्धि बिधेयक नगरसभामा पेश भएको नगर प्रमुख शेर्माले बताए ।

कार्यक्रममा नगर उपप्रमुख भोजकुमारी नेपालले स्वागत मन्तव्य राखेका थिइन् । कार्यक्रममा उपप्रमुख नेपालले आर्थिक वर्ष २०७५।०७६ को नीति, कार्यक्रम तथा बजेट पेश गरेका थिइन् । नगरसभामा बिनियोजन ऐन प्रस्तुत गर्दै उपप्रमुख भोजकुमारी नेपालले कर भुक्तानीलाई प्रोत्साहित गरिने, दर भन्दा यसको दायरा बढाईने, समयमा कर बुझाउनेलाई पुरस्कृत र नबुझाउनेलाई दण्डको व्यवस्था गरिने बताईन् ।

उपस्थित सभाषदहरुले कतिपय आवश्यक कार्यक्रम छुटेको भन्दै ती कार्यक्रमहरु समावेश गर्न सभाको ध्यानाकर्षण गराएका थिए । नगरपालिकाको बजेटमा बिपन्नता पहिचान कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा पुर्वसांसद तारासम योङया, नेपाल कम्युनिष्ट पार्टी शिबसताक्षी नगर अध्यक्ष धनबहादुर थेवे, नेपाली काँग्रेसका शिबकुमार योङया, मञ्च सम्बद्ध संघीय लिम्बुवान परिषदका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ्ग इम्बुङ, पाँचगाछी गाविसका पूर्वअध्यक्ष चारफौजदार ताजपुरियाले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *