Sajhamanch Archive

नेपालले सिंगापुरलाई २१७ रनले हरायो

Published: in खेलकुद, विश्व समाचार by .

काठमाडौं । नेपालले यु १९ एसिया कप छनोट क्रिकेटमा सिंगापुरलाई २१७ रनले पराजित गरेको छ ।

नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ दशमलब १ ओभरमा १ सय ९ रनमा अलआउट भएको थियो । नेपालका लागि कुशल मल्लले चार विकेट लिएका थिए । त्यसै गरी तिलकराज भण्डारीले दुई साथै सागर ढकाल र रसिद खानले एक–एक विकेट लिएका हुन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ३ सय २६ रन बनाएको थियो । नेपालका लागि रित गौतमले १३७ बलमा ११५ रन, पवन सर्राफले ४१ बलमा ४५ रन, खडकबहादुर बोहराले ९० बलमा ९० रन साथै कुशल मल्लले २३ बलमा ५१ रन बनाएका थिए ।

यसअघि बुधबार पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । योसँगै समूहको शीर्ष स्थानमा रहेको नेपालले अर्को समूहको उपविजेतासँग सेमीफाइनल खेल्ने छ ।

समूह बी मा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड रहेका छन् । प्रतियोगिताको विजेताले अगस्ट २८ देखि श्रीलंकामा हुने यु १९ एसिया कप खेल्न पाउने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *