Sajhamanch Archive

धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा एक करोडको लागतमा चिल्ड्रेन पार्क निर्माण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

दूधे । पछिल्लो समय शहरी क्षेत्रमा भौतिक निर्माणको काममा वृद्धि भएसँगै खुला तथा शान्त वातावरण घट्दै गइरहेको छ । बढ्दै गएको बजारीकरणसँगै बालबालिका खेल्ने खुला ठाउँको आवश्यकता महशुस हुन थालेको छ ।

झापाको विभिन्न पर्यटकीय स्थलहरुमा बालबालिका लागि शान्त तथा खेल्ले पार्कहरुको निर्माण हुन थालेको छ । बालबालिकाहरुलाई मध्यनजरर गर्दै शिवसताक्षीको पर्यटकीय क्षेत्र दोमुखमा निर्माणाधिन चिल्डे«न पार्कको काम अन्तिम चरणमा पुगेको छ । शिवसताक्षीको वडा नं. १० स्थित दोमुखा क्षेत्रमा निर्माणधिन चिल्ड्रेन पार्कको काम अन्तिम चरणमा पुगेको हो ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिकाले पर्यटकीय क्षेत्र दोमुखाको गुरु योजना अनुसार चिल्ड्रेन पार्कको अवधाराण ल्याएको हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट ५० लाख र शिवसताक्षी नगरपालिकाबाट विनियोजित ५० लाख गरी जम्मा १ करोडको लगानीमा पार्कको निर्माण कार्य भइरहेको दोमुखा पर्यटकीय विकास आयोजनाका अध्यक्ष धनबहादुर लावतीले जानकारी दिए । उनले पार्कमा बालबालिकाका लागि दुई प्रकार खेल्ने सामाग्रीहरु आइ नपुगेको र चाँडै आउने बताए ।

एक विगाह जग्गामा फैलिएको पार्कमा बालबालिकाहरुका लागि मनोरञ्नात्मक खेल खेल्ने स्थान, रेल गाडी, पिङ्ग, विश्राम स्थल, विभिन्न खेल्ने सामाग्रीहरु रहेका छन् । पार्कलाई कनकाई नदिको कटानबाट जोगाउन तटबन्ध गरिएको छ । दोमुखा पर्यटकीय क्षेत्र उपभोक्ता समितिले निर्माण कार्य पुरा गरी नगरपालिकालाई हस्तान्तरण गरेपछि मात्र पार्क सबैका लागि खुल्ला गरिने अध्यक्ष लावतीले जानकारी दिए । लावतीका अनुसार आ.व. ०७६ । ०७७ लागि नेपाल सरकारबाट ४० लाख, प्रदेश सरकारबाट ५० र नगरपालिकाबाट ४० लाख विनियोजित भएको छ । सो रकमले .पार्कलाई अझ व्यवस्थित बनाउँदै अन्य थप सामाग्रीहरु उपलब्ध गराउने बताए ।

दोमुखामा विशेष गरेर घुम्न र पिकनिक खानका लागि मानिसहरु आउने गरेका छन् । तर पार्क सुचारु भएपछि बालबालिकाहरुको पनि उपस्थिति देखिने छ । जसमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि हुने विश्वास गरिएको छ । नगरकै तीन पर्यटकीय क्षेत्र मध्ये धेरै आय स्रोतको रुपमा मानिएको पर्यटकीय क्षेत्र दोमुखाले नगरकै गरिमा उच्च राख्ने देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *