Sajhamanch Archive

खुदुनाबारीमा एन आइ सी एसियाको शाखा रहित बैङिकङ सेवा

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

खुदुनाबारी । एन आइसी एसिया बैङकले झापाको खुदुनाबारीमा शाखा रहित बैङिकङ सेवा सुचारु गरेको छ ।

उक्त बैंङकिङ सेवाको अर्जुनधारा नगरपालिका २ का वडाध्यक्ष रघुनाथ खनालले रिबन काट उद्घाटन गरेका हुन् ।

ग्रामिण क्षेत्रमा रहेका ग्राहकहरुबीच अत्याधुनिक प्रविधिको प्रयोग गर्दै सहज किसिमले वित्तिय पहुँच पुर्याउने उद्देश्यले शाखा रहित बैङिकङ सेवा सुचारु गरिएको एन आइ सी एसिया विर्तामोड शाखाका प्रबन्धक दशरथ पराजुलीले बताए ।

जसबाट तोकिएको सीमासम्मको रकम जम्मा गर्न तथा झिक्न सकिने, रकम पठाउन तथा प्राप्त गर्न सकिने, विभिन्न उपयोगी सेवाहरुको महशुल भुक्तानी, कर्जाको सहजीकरण लगायत थुप्रै बैङिकङ सेवाहरु लिन सकिने उहाँले जानकारी दिए ।

एन आइ सी एसियाले हाल २ सय ८५ वटा शाखा कार्यालयहरु २ सय ९५ वटा एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर र ३७ वटा शाखा रहित बैङिकङ इकाई मार्फत सेवा प्रदान गरिरहेको छ ।
करिब १६ लाख ग्राहकहरु भएको उक्त बैङक मुलुककै सबैभन्दा बढी शाखा सञ्जाल भएको बैङक बन्न सफल भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *