Sajhamanch Archive

क्यामेरामा हट प्रियंका

Published: in टिप्स/जानकारी, विविधा by .

बलिउडबाट हलिउडमा पाइला चालेकी नायिका प्रियंका चोपडा अहिले आफ्ना श्रीमान्सँग रमाइरहेकी छिन् । उनी, अहिले पती निक जोनससँग होलिडेमा रमाइरहेकी छिन् ।

हालै मात्र नायिका चोपडाले सामाजिक संजालमा राखेका केही तस्वीर चर्चामा छन् । नायिका चोपडाले स्विमिङ पूलमा रमाउँदै गरेका तस्वीर राखेर हंगामा मच्चाएकी छिन् । प्रियंकाका अनुसार, यी सबै तस्वीर उनका श्रीमान् निकले नै खिचेका हुन् ।

प्रियंकाका यी तस्वीरलाई लिएर केही ट्रोल पनि बनिरहेको छ । तर, नायिका चोपडा भने अहिले नै मस्ती मुडलाई चाडेर काममा फर्किने मुडमा छैनन् । उनले, बिहेपछि एक बलिउड चलचित्रमा काम गरेकी छिन् ।

कहिलेकाही मिडियामा निक र प्रियंकाको डिभोर्स हुन लागेको खबर पनि बाहिरिने गरेको छ । तर, यो जोडीलाई यस्ता कुराले कुनै पनि खालको असर परेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *