Sajhamanch Archive

एसीसी अण्डर १९ इस्टर्न रिजनको उपाधि नेपाललाई

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । हङकङलाई फाइनलमा पराजित गर्दै नेपालले एसीसी अण्डर १९ इस्टर्न रिजन २०१९ को उपाधि हात पारेको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।

जीतसँगै नेपाल युवा एशिया कपको लागि समेत छनौट भएको छ । जहाँ नेपालले भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ ।

हङकङले नेपालसामु जितका लागि ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र १६.१ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

नेपालका लागि ओपनर पवन सर्राफले विस्फोट ब्याटिङ गर्दै सर्वाधिक ३९ रनको योगदान दिए । उनले यसक्रममा ५ चौका र एक छक्का हिर्काए । त्यस्तै रीत गौतमले १३ तथा कप्तान रोहित कुमार पौडेलले १२ रनको योगदान दिए । भीम सार्की ८ रन बनाउँदै नटआउट रहे ।

यसअघि मलेसियाको क्वाललम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

पहिलो ब्याटिङमा उत्रेको हङकङ ४३.१ ओभरमा मात्र ९५ रन मा समेटियो । हङकङलाई सस्तोमा समेट्न नेपालका लागि सागर ढकालले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिए ।

त्सैगरी कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारी १–१ विकेट लिए । हङकङका लागि कप्तान अदित गोरावाराले २४ रन बनाए भने कलहान मार्क चालुले १९ रन बनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *