Sajhamanch Archive

सहयोगको अपिल गर्दै, चौहान

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । ईलाम नगरपालिका वडा नं. १० सानो गोदकका १४ बर्षीय उज्जवल चौहान विगत ४ महिनादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गराइरहेका छन् ।

गत फागुनमा स्कुलबाट घर फर्कने क्रममा इलामको सितपुरमा ट्रयाक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा उनी गम्भिर घाईते भएका थिए । उनको शरीरको कम्मरमुनीको भाग खुट्टा, तिघ्रा, मलासयमा गहिरो चोट लागेको थियो ।उनलाई उपचारको लागी अस्पताल ल्याई पुराउदा उनको अवस्था निकै गम्भिर थियो उपचारमा संलग्न सर्जन डाक्टर बासुदेव बास्कोटाले बताए ।

हालसम्म विभिन्न गरी ९ वटा अपरेसन गरिएको र त्यसमध्ये हात, मलद्वार, मुत्रनली फुटेको थियो । उपचारमा संलग्न डाक्टर बास्कोटाका अनुसार मुत्रनलीसँगै मलद्वारको समस्या भएकोले शुरुका दिनमा पेट काटेर ठुलो आन्द्रामार्फत पाइप जोडी दिसा–पिसाब गराए पनि अहिले अपरेसन पछि सुधारहुँदै गइरहेको छ ।

अबको दुई हप्ता भित्रमा डाक्टरले डिस्चार्ज दिने बताइएको छ । हालसम्म उनको उपचारमा १० भन्दा लाख बढी रकम खर्च भई सकेको र उपचारमा लागेको रकम मध्ये ट्र्याक्टर मालिक बिनोद अधिकारीले ५ लाख ७० हजार मात्र दिएको उनका बुबा भुरबहादुर चौहानले बताए । उनका अनुसार अस्पतालमा ४ महिनादेखि उपचार गराईरहदा लाखौ रकम खर्च भएको र उपचार बापत अस्पताललाई दिने बाकी रकम अभाव भएको छ ।

अबको दुई हप्तामा डाक्टरले बिरामीलाई घरलान सक्ने बताएको छ । तर छोरालाई घर लैजान अस्पताल मा लागेको रकम तिर्न रकम अभावका कारण समस्यामा परेको बुबा चौहान दुखेसो पोख्छन ।

उनी भन्छन–“छोरालाई त्यस्तो जटिल अवस्थाबाट अहिलेको अवस्थासम्म ल्याउन उपचारमा संलग्न डाक्टरको टोलीलाई धन्यबाद दिनु चाहन्छु । ” उज्ज्वलको उपचारमा आर्थिक अभाव भएपछि उनि अध्यानरत विध्यालय नन्द मावि बाट ३० हजार रकम सहयोग प्राप्त भएको कुरा उनका बुवाले जानकारी दिए ।

अस्पताललाई तिर्नु पर्ने थप रकम अभाव भए पछि सबैसँग सक्दो सहयोगको अपिल गरेका छन् । उनलाई सहयोग गर्नका लागि माछापुच्छ बैंकको खाता नं. ३३२२५२४४३३७३१०११ अथवा फोन नं. ९८२४०३३४१२ मा चौहानलाई सम्पर्क गरी सहयोगी हातहरुले सहयोग गर्न सक्नु हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *