Sajhamanch Archive

सप्तकोशीका ३२ ढोका खोलिए

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by .

सुनसरी । तीन दिनयताको वर्षासँगै सप्तकोशी नदीको जलस्तरमा वृद्धि देखिएता पनि अहिलेसम्म खतरा भने नरहेको प्रशासनले जनाएको छ।

पूर्वी पहाडी भेगमा लगातार पानी पर्दा कोशीको बहावमा उतार चढाव आउने गर्छ। आज बिहानको पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव कोशीमा पानीको बहाव १ लाख ६९ हजार क्युसेक प्रतिसेकेण्ड पुगेको छ।

ब्यारेजका ३२ वटा ढोका खोलिएका छन्। अहिले बहाब बढ्ने क्रम रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी ज्ञानेन्द्र फ्युयालले जानकारी दिए।

कोशी नदीका लागि वर्षातको समयमा यतिको बहाव सामान्य मानिन्छ। १ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड नाघेको खण्डमा कोशीको बहावलाई प्रारम्भिक सावधानी सूचकको रुपमा लिने गरिन्छ।

नदीको जलस्तर बढ्दा कोशी ब्यारेजमा भन्दा सम्भावित जोखिम भने आसपासका क्षेत्रमा पर्ने गर्दछ। चतरामा रहेको बाढी मापन केन्द्रमा पानीको तह उच्च विन्दुमा पुगे त्यसको प्रभाव आसपासका स्थानमा देखापर्ने सम्भावना रहन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *