Sajhamanch Archive

रुसलाई पराजित गर्दै उरुग्वे बन्यो समूहको शिर्ष टिम

Published: in खेलकुद by .

काठमाडौं । उरुग्वेले विश्वकप २०१८ को समूह चरणको अन्तिम खेलमा आयोजक रुसलाई पराजित गर्दै समूहको शीर्ष स्थान हासिल गरेको छ।

सोमबार भएको खेलमा समूह ए को उरुग्वेले आयोजक रुसलाई ३-० ले पराजित गरेको हो। यो जीतसँगै रुस समूहमा अपराजित टीम बन्यो। उसले यसअघि इजिप्ट र साउदी अरेबियालाई पराजित गरेको थियो।

उरुग्वेलाई समूह चरणमा अपराजित बनाउने क्रममा लुइस सुवारेले १०औँ मिनेटमा सुन्दर फ्रिकिक गोल गरेर अग्रता दिलाएका थिए। त्यसपछि रुसका डेनियल चेरसेभले २३ औँ मिनेटमा सुसाइड गोल गरे। जसले उरुग्वेको अग्रता दोब्बर बन्यो। त्यसपछि अर्को गोलका लागि ९० मिनेट कुर्नुपर्‍यो। त्यो गोल पनि उरुग्वेको नै थियो।

यस अवधिमा रुसले रक्षात्मक खेलेको थियो तर अन्ततः उरुग्वेका एडिनसन काबानीले गोल गरे। यो खेलको म्यान अफ द म्याच भने लुइस सुवारेज भए। यो समूहबाट आयोजक रुस र उरुग्वे नकआउट चरणका लागि छनोट भएका छन् भने इजिप्ट र साउदी अरेबिया समूह चरणबाटै बाहिरिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *