Sajhamanch Archive

दमक नगरपालिकाको १ अर्व ४५ करोड बजेट पारित, पत्रकारसहित ८ जना सम्मानित

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, स्थानीय तह by .

दमक । दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल वजेट तथा नीति कार्यक्रम पारित गरेको छ ।

नगर पालिकाको शुक्रबार भएको नगर सभाले सो वजेट तथा नीति कार्यक्रम पारित गरेको हो । नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख साथै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गीता अधिकारीले प्रस्तुत विनियोजन विधयेक २०७६ नगर सभाले सर्वसम्मत पारित गरेको छ ।

नगर उपप्रमुख अधिकारीले प्रस्तुत प्रतिवेदन, दमक ६ का वडा सदस्य तथा लेखा समितिका संयोजक लक्ष्मी प्रसाद दाहालले प्रस्तुत लेखा प्रतिवेदन र दमक ८ का वडाअध्यक्ष तथा सुशासन समितिका संयोजक पशुपति राज गौतमले प्रस्तुत प्रतिवेदन पारित गरेको छ । नगर सभामा दमकमा रहेर विभिन्न क्षेत्रमा काम गर्ने ८ जनालाई सम्मान गरिएको छ । नगर प्रमुख ओलीले ८ जनालाई दोसल्ला ओढाएर समान पत्रसहित नगद जनही २० हजार प्रदान गरेका थिए ।

सम्माति हुनेहरुमा प्रेस संगठन नेपाल झापाका नेता साविक प्रेस सेन्टरका जिल्ला अध्यक्ष, झापा पोष्ट दैनिक दमकका सम्पादक तथा गोरखा पत्र दैनिकका झापा प्रतिनिधि टिकाराम उप्रेती, पूर्व प्रधानपञ्च धन बहादुर श्रेष्ठ, हिमालय मावि दमकका पूर्व प्रधानध्यापक तथा शिक्षक क्षेत्रका अभियान्ता छविलाल शर्मा सिटौला र हिमालयकै पूर्व प्रधानध्यापक बिदुर खतिवडा रहेका छन ।

त्यसैगरी १ सय ८ पटक रक्तदान गरेका रक्तदाता तथा अभियन्ता राजकुमार श्रेष्ठ, उत्कृष्ट करदाताको रुपमा लाइफ लाइन अस्पताल दमक, गणेशकुमार श्रेष्ठ र कल्पना सुवेदीलाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको छ । नगरसभामा नगर प्रमुख ओलीले नगरको बिकासमा सबैले आफनो ठाउँबाट सहयोग गर्नु पनि नगरवासीलाई आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *