भद्रपुर नगरपालिकामा ७१ करोड ४१ लाख बजेट विनियोजित
Published:
by .भद्रपुर । भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७१ करोड ४१ लाख ९४ हजार रकम बराबरको विनियोजित बजेट प्रस्तुत गरेको छ ।
प्रस्तावित बजेटमा आन्तरिक श्रोततर्फ ५० करोड ७० लाख, नेपाल सरकारबाट प्राप्त अनुदान ८५ करोड ३१ लाख ८४ हजार र प्रदेश सरकारबाट ६ करोड ५२ लाख आय अनुमान सहित ७१ करोड ४१ लाख ९४ हजार बजेट प्रस्ताव गरिएको हो ।
भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षता तथा संघीय संसद सुरेन्द्रकुमार कार्कीको प्रमुख आतिथ्यमा वजेट सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रदेश संसद ओमप्रकाश सरावगी, गोपालकुमार बुढाथेकी, नेकपाका जिल्ला सदस्य असारू राजवंशी, नगर अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले मन्तव्य राख्दै वजेट कार्यान्वयनमा गए समृद्ध भद्रपुरको सपना पूरा गर्न मार्ग चित्र बन्ने धारणा राखेका थिए ।
यसै बीच भद्रपुर नगरपालिकाबाट सातवर्षयता वार्षिक रूपमा वितरण हुँदै आएको विकास पत्रकारिता पुरस्कारबाट झापाका अग्रज पत्रकार नकुल काजी सम्मानित भएका छन् । दुई वर्षयता रोकिएको नगर पत्रकारिताको पाचौं संस्करण अन्र्तगत दीर्घ सेवा पुरस्कारको नाम दिइएको सो सम्मानमा नगद १५ हजार सहित काजी पुरस्कृत भएका हुन् ।
त्यसैगरी नगर पत्रकारिता प्रोत्साहन पुरस्कार भद्रपुरबाट प्रकाशन हुने बरूण साप्ताहिका व्यवस्थापक धर्मराज राईलाई १० हजार नगद सहित सम्मानित गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मानबाट प्रमोद प्रधान र मनकुमार डाँगी सम्मानित भए भने जग्गादाता, उपभोक्ता समितिका उत्कृष्ट पदाधिकारी लगायतलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
Comments