Sajhamanch Archive

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गयो

Published: (Updated: ) in विविधा by .

सुनसरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा सडक खण्डमा भएको दुर्घटनामा इनरुवा नगरपालिका वडा नं. ६ मधेशाका भोगेन्द्र घिमिरेको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गस्थित इनरुवा नगरपालिका वडा नं३ मा घिमिरे सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ३३०९ नम्बरको ट्रकले बा५७प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ४२ वर्षीय घिमिरेको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। उपचारको क्रममा घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ।

घिमिरे नेकपामा आवद्ध मधेशाका सकृय युवा नेता हुन् । दुर्घटनमा घाइते मोटरसाइकलमा पछाडी सवार इनरुवा नगरपालिका वडा नं. ३ का सुनील सरदारको उपचार भइरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *