Sajhamanch Archive

बिपी प्रतिष्ठानमा १६ करोड भ्रष्टाचार: तत्कालीन उपकुलपतिसहित आठजनाविरुद्ध मुद्दा

Published: (Updated: ) in विविधा by .

काठमाडाै‌ं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १६ करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास (बिपी) सहित ८ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानबाट विभिन्‍न समयमा भएका सामान खरिदमा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेर मुद्दा दायर गरेको हो। आयोगले प्रतिष्ठानका तत्कालीन उपकुलपति दास, अस्पतालका तत्कालीन निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो। आयोगले लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी म्यानेजर अमित श्रीवास्तव, सप्लार्यस चेतन अग्रवाल र उमेश अग्रवालविरुद्ध पनि आरोपपत्र दायर गरेको छ।

प्रतिष्ठानका उपकुलपतिदेखि नेतृत्व तहका कर्मचारीहरुको संलग्नतामा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। प्रतिष्ठानबाट विभिन्‍न उपकरण र सामान खरिदमा प्रतिष्ठानका पदाधिकारी र कर्मचारीले गैरकानूनी रुपमा आर्थिक लाभ लिएर भ्रष्टाचार गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले दाबी गरेको छ।  सामान तथा सेवा खरिद प्रकृयाका क्रममा न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृति तथा सम्झौता गरी भुक्तानी दिएर दासले ४ करोड ८ लाख ९८ हजार, सिन्हाले ३ करोड ७५ लाख ३० हजार, तत्कालीन रजिष्टार थापाले १ करोड ९६ लाख ९ हजार र रजिष्टार श्रेष्ठले ५६ लाख ७७ हजार भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

उनीहरुलाई त्यही रकम बरावरको बिगो कायम गरी कैद र सजायको माग दाबी गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तैगरी नियम विपरीत अस्वभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने गराएर भ्रष्टाचार गरेको अभियोगमा प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहालविरुद्ध २ करोड ३४ लाख ८१ हजार र उपप्रबन्धक श्रीवास्तवविरुद्ध १ करोड ७४ हजार १६ लाख रुपैयाँ विगो माग दाबी गरिएको छ। यस्तैगरी सामान आपूर्ति गर्दा प्रतिष्ठानका पदाधिकारीसँग मिलेर खरिद सम्झौता गरी भुक्तानी लिई उपकरण सप्लायर्स प्रोसिजन मेडिकल प्रालि रवायोमेड इन्टरनेसनल प्रालिका प्रमुख चेतन अग्रवालले  एक करोड ४ लाख १६ हजार, उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्सका सञ्चालक उमेश अग्रवालले ६० लाख ३६ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

थाहाखबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *