धेरै तनाव लिँदा निम्तिन सक्छ स्वास्थ्यमा विभिन्न समस्या
Published:
by .तनावका कारण मानव शरीरमा विभिन्न प्रकारका समस्याहरु निम्तिने हुने गर्छ । धेरै जसो अत्याधिक तनावका कारण लगातार अनिद्रा, टाउको दुख्ने, आँखा दुख्ने पाचन प्रक्रियामा समस्या, छालामा समस्या हुने गर्छ । प्रायजसो मान्छेलाई घरायसी, रोजगारी तथा आर्थिक समस्या कारण तनावमा हुने गर्छ । तनावका कारण धेरै जसो मानिसहरुलाई निद्रा नलाग्ने समस्या हुने देखिएको पाइन्छ ।
तनावका कारण दिन रात धेरै सोच्दा तथा चिन्ता लिइ रहने गर्दा हामी समयमा निदाउन सक्दैनौं । समस्याकै बारेमा चाहिने भन्दा बढी एकोहोरिएर सोचिरहने गर्दा टाउको दुख्न थाल्छ र हामीलाई निद्रा नलाग्ने समस्याले सताउन सुरु गरिसकेको हुन्छ । तनावका कारण शरीरमा रहेको हाइपरोसल नामक हर्मोनको उत्पादनको कमिले गर्दा हामीमा निद्रा नलाग्ने समस्या बढी हुने पाइएको छ ।
शरीरमा काम गर्ने शक्तिको कमीले गर्दा हामीलाई बढी थकान भएको हुनेगर्छ ।अत्याधिक तनाव र अनिन्द्राको कारणले गर्दा शरीरमा चाँडै थकान महशुस हुने गर्छ । अत्याधिक तनावमा हुँदा टाउकोको निकै दुख्ने भएर कपाल समेत झर्ने समस्या उत्पन्न हुन सक्छ । अनावश्यक तनावले कपाल उम्रने छालाको प्वालबाट पसिना निस्केर बन्द हुने गर्छ जसकारण कपाल झर्ने समस्या सुरु हुन्छ ।
कपाल धुँदाखेरि वा कोर्दा खेरि कपाल झर्ने अधिक रहेको हुन्छ । तनावमा भएका बेलामा हाम्रो शरीरका पसिना ग्रन्थीहरु बढी सक्रिय भएर शरीरमा पसिनाको समस्या ल्याउन सक्छ । तनावका कारण हत्केला, पैताला तथा काखीमा आएको पसिना अलग किसिमको हुने गर्छ जसले हाम्रो स्वास्थ्यमा समस्याहरु ल्याउन सक्छ ।
अत्याधिक तनावका कारणले हाम्रो दाँतको समेत समस्या आउने गर्छ । तनावमा टाउको दुख्ने गर्दा हाम्रो टाउको र दाँत विभिन्न नसाका कारणले एक आपसमा सम्बन्धित हुने भएकाले कान दुख्ने र बङगाराको मांसपेशीमा समेत समस्या देख्न थालिन्छ । बंगाराको मांसपेशीमा समस्या हुँदा यसले दाँतमा असर पार्छ ।
हाम्रो दिमाग र पाचनप्रणाली बीच एकआपसमा सम्बन्धित हुने गर्छ । त्यसैले, तनावका कारण आन्द्रामा समस्या हुने देखिन्छ ।आन्द्रामा समस्या हुँदा कब्जियत, झाडापखाला तथा पेट सम्बन्धि विभिन्न समस्याहरु निम्तिने गर्छ । तनावका कारण हामीलाई खान मन नलाग्ने हुन्छ । यसले हाम्रो शरीरको तौल समेत नराम्रो तरिकाले घटाउने गर्छ ।
Comments