Sajhamanch Archive

कंगोमा इबोलाको महामारी, विश्व स्वास्थ्य सङ्कटकालु घोषणा

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by .

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल रहेको घोषणा गरेको छ ।

डब्लुएचओले इबोलाविरुद्धको अभियानका लागि आर्थिक सहयोग गर्न सम्पन्न देशहरुलाई आह्वान गरेको छ ।

आफ्नो घोषणाले थप आर्थिक सहयोगका लागि बाटो खोल्ने अपेक्षासमेत डब्लुएचओले गरेको छ ।

डब्लुएचओले जनस्वास्थ्यमा विश्वव्यापी चासोको आपतकाल घोषणा गरे पनि कंगोका सीमा क्षेत्र बन्द गर्नुपर्ने अवस्था भने नरहेको जनाएको छ ।

कंगोका इबोलाग्रस्त क्षेत्रभन्दा बाहिर यसको संक्रमण फैलिने सम्भावना उच्च नरहेको डब्लुएचओको भनाइ छ ।

इबोला महामारीका कारण कंगोमा हालसम्म १६ सय जनाभन्दा बढीको ज्यान गएको छ । यहि हप्ता गोमा क्षेत्रमा इबोलाको पहिलो संक्रमण पुष्टि भएको थियो ।

गोमा क्षेत्रमा १० लाखभन्दा बढी मानिसको बसोबास छ ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकी क्षेत्रमा फैलिएको इबोला महामारीका कारण ११ हजारभन्दा बढीको मृत्यु भएको थियो ।

कंगोमा पछिल्लो पटकको महामारी सन् २०१८ को अगस्टमा सुरु भएको हो ।

कंगोका नर्थ किभू र इतुरी प्रान्तमा अहिले इबोलाको महामारी छ । हालसम्म २५ सयजना भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा १६ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

हाल दैनिक १२ जनामा इबोलाको नयाँ संक्रमण पुष्टि हुने गरेको छ ।

इबोला विरुद्धको खोप हालसम्म १ लाख ६१ हजारलाई लगाइसकेको डब्लुएचओले उल्लेख गरेको छ । (एजेन्सी )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *