Sajhamanch Archive

विश्वकपमा हारेपछि विराट र रोहितको छुट्टी रद्द, वेस्ट इन्डीज जाने

Published: in खेलकुद, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । आईसीसी विश्वकपको सेमीफाइनलबाट भारत बाहिरिएपछि वेस्ट इन्डीज भ्रमणमा धेरै खेलाडीलाई आराम दिइने कुरा उठेको थियो ।तर अहिले आरामका लागि छुट्टी नदिइने कुरा आएको छ । कप्तान विराट कोहली तथा अन्य खेलाडी आफैंले शृंखलामा उपलब्ध हुने संकेत दिएका छन् ।

विकेटकीपर महेन्द्र सिंह धोनीलाई चाहिँ अबको दुई महिना आराम दिइनेछ । हार्दिक पाण्ड्या चाहिँ पिठ्युँको समस्या झेलिरहेका छन् । अनि जसप्रीत बुमराहलाई पनि आराम लिन सल्लाह दिइएको छ ।

कोहलीसँगै उपकप्तान रोहित शर्मा समेत अन्य खेलाडी चाहिँ वेस्ट इन्डीजमा हुने तीन टी२०, तीन एकदिवसीय र दुई टेस्ट खेल्न उपलब्ध हुनेछन् ।

विश्वकपमा घाइते भएका शिखर धवन र विजय शंकरको बारेमा कुनै अनुमान आएको छैन ।

रोहितलाई छुट्टी लिए पनि हुन्छ भनिएकोमा उनले खेल्ने नै इच्छा जनाएको बताइएको छ ।

(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *