कनकाईमा नगर अस्पताल भवनको उद्घाटन
Published:
by .कनकाई । संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले वर्तमान सरकारको पाँचवर्षे कार्यकालमा देशभरिका सवै स्थानीय तहमा स्वास्थ्य अस्पताल संचालन गर्ने सरकारको योजना रहेको वताएका छन् ।
झापाको सुरुङ्गामा कनकाई नगर अस्पतालको भवन उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथी समेत रहेका स्वास्थ्य राज्य मन्त्री यादवले नेपालको संविधान अनुसार स्थानीय तहमा एक अस्पतालको सरकारी अवधारणा अनुरुप सुरुङ्गामा संचालित प्राथमिक स्वास्थ्य केन्द्रलाई कनकाई नगर अस्पतालका रुपमा स्तर उन्नती गरेको वताएका छन् ।
स्वास्थ्य अस्पतालवाट सवै नागरिकलाई अत्याधुनिक उपकरणसहितको निशुल्क स्वास्थ्य सेवा पुर्याउँने सरकारको नीति अनुसार आवश्यक जनशक्ति सहित कनकाई नगर अस्पतालको भौतिक संरचना निर्माणमा सरकारले बजेटको व्यवस्थापन गरेको राज्यमन्त्री यादवले प्रष्ट पारेका छन् ।
कनकाई नगर लगायत आसपासका नगरपालिका शिवसताक्षी र अर्जुनधारा, गाउँपालिका तर्फ झापा गाउँपालिका र बाह्रदशी लगायतका स्थानवाट पनि बिरामीको स्वास्थ्य उपचार सेवा हुन सक्ने यस नगर अस्पतालमा थप सेवा विस्तारकालागि भवन निर्माण गर्न सरकारका तर्फवाट पुनः ९ अर्व बजेटको व्यवस्था भएको राज्यमन्त्री यादवले जानकारी दिएका छन् ।
भवन उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै झापा क्षेत्र नं.४ का प्रतिनिधी सभा सदस्य एलपी साँवा लिम्वूले समृद्ध नेपाल र सुखी नेपालीको पहिलो आवश्यक्ता नै स्वस्थ जीवन भएकाले जनताको भावनालाई बुझेर सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमीक्तामा राखेको वताएका छन् ।
ग्रामिण क्षेत्रका सर्वसाधारणलाई समेत स्वास्थ्य उपचारको अभाव हुन नदिन स्वास्थ्य विमा लगायतका निशुल्क स्वास्थ्य सेवाका विभिन्न माध्यमवाट सरकारका हरेक निकायहरु क्रियाशिल रहेको प्रतिनिधी सभा सदस्य साँवाले प्रष्ट पारेका छन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य हिरा थापाले नगर अस्पतालको भवन उद्घाटनसँगै आवश्यक स्वास्थ्यका अत्याधुनिक उपकरणसहितको सेवा संचालनकालागि सरकार गम्भिर भएको वताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य राज्य मन्त्री यादवको ध्यान केन्द्रित गर्दै प्रदेश सभा सदस्य थापाले खाली अवस्थामा उद्घाटन भएको नगर अस्पतालको भवनमा चाँडै सेवा सुचारु गर्न सम्वन्धित मन्त्रालयको ध्यान जानु पर्नेमा जोड दिएका छन् ।
नव निर्मित भवन निर्माण गर्नकालागि नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले ६ करोड ९३ लाख १० हजार ६ सय पैतालीस रुपैंयाँ ५ पैशाको अनुमानित लागतमा वोल पत्र आह्वान गरेको थियो ।
जस अनुरुप ५ करोड ५२ लाख ५८ हजार २ सय ३९ रुपैंया ८७ पैशामा दि कञ्चनजंघा र कञ्चनजंघा जेभी काठमाण्डौले कार्यादेश पाएअनुसार निर्माण कार्य सम्पन्न गरि केही दिन अघि मात्र समितिलाई भवन जिम्मा लगाएको हो ।
भवन निर्माण कार्य सम्पन्न भएसँगै विधिवत रुपमा उद्घाटन भएको स्वास्थ्यको भवनमा १५ शैयाको कनकाई नगर अस्पताल संचालन गरीने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले वताएका छन् ।
स्थानीय तहमा एक अस्पतालको सरकारी अवधारणा अनुरुप कनकाई नगरपालिका ३ स्थित सुरुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर स्तरको अस्पतालको रुपमा संचालनमा ल्याउँन लागीएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।
कनकाई अनलाईन बाट
Comments